Posted by: miss_ me September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        

:)
नमस्ते है हजुर हुर सप्पैलै!

नेपेदा दर्शन!
ल हजुरले हेरिस्यो त मेरो पनि यो गजल पर्यो कि अरु केहि पर्यो ?!!साच्चि, मलाइ पनि गजल लेख्न मनलागेको छ । अन्तिममा आउने जति सप्पै जो शब्द'याद आयो' हजुरकै चोरेर मैले अघि भर्खर मात्र लेखेको यो चै :)प्रतिक्रिया लेखि दिए फुरुंग हुने थिए (मनमनै :  यस्तो लेख्नै नजान्ने ले पनि लेख्ने भनेर गालि गरेनि रुनेथिएन  )

 



तनभरिको मनभरिको चिनारी याद आयो
भुल्न खोल्दा किन फेरि तिमी याद आयो

जानीबुझी खनेको गोरेटोको खाडल 
पुर्न खोज्दा उहि कहानी याद आयो

ळालच तिम्रै ,छल्किएको मृगतृष्णा तिम्रै
औला दिदा हत्केला निल्ने बानी याद आयो

थाकिसके प्रिय! अब लुकाछिपि कति खेल्नु
सिन्दुर छर्न खोजेको बिहानी याद आयो

आकाशमा मुस्काएको शितल जून देख्दा
धरतीमा तिम्रो मेरो जुवारी याद आयो

Last edited: 08-Sep-07 11:45 PM
Read Full Discussion Thread for this article