Posted by: world_map September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ब्यस्तताको कारणले बिजी भएको हुनाले चौतारी महोत्सवमा पनि उपस्थित हुन नसकेकोमा क्षमा प्रार्थी छु। हुनत हीरक महोत्सव अझै सकिएको छैन, अझै पनि धेरै लेख, रचनाहरू आउलान् भन्ने आशा छ। मिस दिदीको कथा राम्रो लाग्यो, फटिङ्गेको कथाले सामाजिक विकृतिप्रति प्रहार गरेको छ, र समानताको सन्देश दिएको छ। राहुलदाइको कथा रमाइलो र उत्सुक्ताले भरिएको छ, अर्को भागको ब्यग्रताका साथ प्रतीक्षामा छु। नमेको कविताले हँसायो! बिचरा जिम्माल बा! तर जिम्माल बा अब लेखेर भन्दा गरेरै सटीक जवाफ फर्काउने सोचमा हुनहुन्छ क्यारे! गोतामे ज्यूको दोस्रो कथा सललल बगेको र सुन्दर लाग्यो। जीवनको रमाइलोलाइ कलात्मक ढंगले चित्रण गर्नु भएको छ। नेपे दाजी, तपाइ चौतारीको सबै भन्दा जेठो बाठो र चौतारीलाइ शुरूदेखि नै निरन्तर सरसल्लाह दिएर प्रगतिपथतिर दोर्याउने व्यक्ति हुनुहुन्छ।धेरै समयको अन्तराल पछि भए पनि चौतारीमा आफ्नो अमूल्य रचना प्रदान गरिदिएर शोभा बढाइदिनुभएकोमा धेरै धन्यवाद! तपाइको गजलको त के कुरा गर्नु, साझामा 'गजल हेभिवेट' तपाइ हुनुहुन्छ नै। साह्रै मीठो लाग्यो यो गजल! अन्तरेको गजल नि जोडदार लाग्यो! अरू नि लेख्दै गरूम्। मेरो चैं यसपाली केही फुरेको छैन, खै के गरूम्, पुरानै कुरा खोजेर टास्दिम् जस्तो लागिसक्यो। अरू सबैलाइ मेरो जदौ!
Read Full Discussion Thread for this article