Posted by: Nepe September 8, 2007
Login in to Rate this Post:
0
?
चौतारीको यो महोत्सवमा चाही औतारीहेरुको सहभागिता पातलो भएको मानिचु ।
हुन त कहिले नतुरिने उत्सव, कहिले विश्राम नलिने संकिर्तन, कहिले नघट्ने आस्वादन युक्त चौतारीको हरेक संस्करणहेरु आफैमा एक एक महोत्सव लाग्छन् ।
तापनि, समय समयमा आउने यस्ता तिथिहरु चौतारीको तीव्र रफ्तार र सम्वाद आवृत्तिलाई एकैछिन विश्राम दिएर नियमित औतारीहेरुका अधिक नीजि भावनात्मक अभिव्यक्तिलाई स्थान दिन र विविध प्रतिकुलतावस अनियमित हुन पुगेका पुराना औतारीहेरुलाई पनि उपस्थित हुन प्रेरित गर्ने मौकाको रुपमा उपयोग हुन सक्छ/पर्छ भन्ने लाउँच है मलाई ।
यही भावनाकासाथ यसपाला म एउटा पुरानो किन्तु अप्रकाशित गजल प्रस्तुत गर्दैछु । यो रचना मेरो गजलको आरम्भिक अभ्यासहरु मध्यको एक हो । त्रिचन्द्र कलेजका दिनहरुमा खाली कक्षामा वा साथीभाईको जमघटमा उर्दु शायरी सुनाउने चर्या तोडेर तीनकै सिको र प्रभावका किन्तु नेपाली भाषामा गजल लेखेर सुनाउने क्रमबाट शुरु भएको हो मेरो गजलयात्रा र प्रस्तुत गजलले त्यसैकालको नेपेलाई प्रतिनिधित्व गर्छ । तै तै यो पनि थपिदिईहालुँ, त्यो समय म साम्यवादी दर्शन र “प्रगतिशिल साहित्य” बाट निराश र पलायन भएको ताजा समय पनि थियो र शृङ्गारिक गजलजस्तो भ्रष्ट बुर्जुवा साहित्य अरु कुरा संगसंगै मेरो पलायनको सजिलो घोषणा पनि थियो ।
त्यस यता मेरो यात्रा अन्योलपूर्ण र पीडादायक थियो, खास गरेर एउटा वैकल्पिक र पूर्ण आस्थासहितको उच्च उद्देश्य भेटेको अनुभव नहुन्जेल । कुनै बिन्दुमा मैले त्यो भेटें जरुर । तर त्यतिन्जेल परम्परागत गजल मेरो साथी रह्यो, मेरो व्यसन र औषधी रह्यो ।
त प्रस्तुत छ त्यही जुगबाट एक अंश । अपरिमार्जित, जस्ताको तस्तै ।
गजल
सुस्केरा याद आयो, सकस याद आयो
कसैले दिएको बकस याद आयो
कसरी भनुँ म कसरी यो आयो
मलाई यत्ति याद छ, बस याद आयो
मैले कुन्नि के भन्दा तिमीले दोहर्याई-
दोहर्याई भनेको ‘हवस्’ याद आयो
सुगा-मैनाको कथा सुन्दा झट्ट मलाई
हाम्रो त्यो पुरानो बहस याद आयो
ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो
_____________________________________