Posted by: SurNaTal September 8, 2007
"कलेज्" र प्रेम प्रसंगहरु
Login in to Rate this Post:     0       ?        
भाग ५: ------------------------- यो अघिल्लो अनुच्छेदको सुरुतिर मैले बिशेषत: शब्द किन प्रयोग गरेको भने कि म प्रेमी अरु धेरै थरिले पनि हुन सक्छु। गाऊँघरसंग को पिरती, आफु पढेका बिध्यालय- महाबिध्यालयहरुसंग को पिरती, आफ्नो राष्ट्र - आफ्नो माटोसंग को पिरती। कस्लाई पोल्दैन र आफ्नो माटो दुख्दा? कस्को आँखा रसाउँदैन र आफ्नो धर्ती रोइरहँदा? अब यसो गरौँ - कतै मेरो आफ्नो catagory बाँकी रहेका अरु कुनै दर्जासंग पनि त मिल्न सक्छ - तिनिहरुलाई खोतल्ने प्रयास गरौं। म तेस्रो दर्जाका प्रेमीहरु तिनीहरुलाई मान्छु - जो समयको कुनै एउटा बिन्दुदेखि सुरु भएको आफ्नो एकोहोरो र एकतर्फी उद्वेगलाई प्रेम ठानेर सदैव वचाइराख्थे। त्यस्ता प्रेमदासहरु पनि प्रसस्तै थिए उसवेला, मेरो circle मा। मलाई लाग्छ तिनीहरुले त्यो उद्वेगलाई तवसम्म कायम राखे हुन् जवसम्म उनीहरु अविवाहित रहे। हुनसक्छ, कोहि कसैले सुहागरात पछि पनि आफ्नो पुरानो मनोभावना/मनोकांक्षालाई कायमै राखेका हुन् - वहुत जतनसंग छिपाएर - आफ्नी नयाँ सहयात्रीसंग। तर धेरैली उप्रान्त संझिरहन सकेनन् नै होला - memory is to delete, अगाडि/पछाडि, ढिलो/चाडो। संझना विर्सनकै लागि त हो - सकुन्जेल्। र तिनिहरु-जस्लाई धेरैली सफल प्रेमि/प्रेमिका (प्रेमजोडी) भने, भन्ने गर्छन् - समयले पनि त्यस्तै गरिरहोस्, गरिदेवस्। तर दुइ-चार दिनका रंगिबिरंगि कुराहरु र तान् तुन् पारेका रंगिन सपनाहरु मात्रैले प्रेम जिवन सफल नवन्न सक्छ। यस्ता प्रेमीहरु पनि उल्लेख्य नै थिए - हाम्रो कलेजमा। सुरुवात् जसरि भएको होस् - हामी एक आपस्तमा संपर्कहीन् नहुन्जेलसम्म त्यस्ता जोडीहरु रमाइरहेकै देखिन्थे। साथिहरु सुनाउथे - कसैको all India tour जाँदा वसेको पिरती, कसैको welcome program मा, कसैको कक्षा कोठामा। सुरुमा rejected धेरै मेरा सहपाठीहरुले पनि पछि सफलता पाएका थिए भनौं। मानौँ प्रेम् एउटा जाल हो, उनिहरु माझी - धेरैपटक हालिरहे - एकपटक फुत्क्यो, फेरि फुत्क्यो - एउटा स्थिर् तालको माछा - अन्तत: परिनै हाल्छ जालमा। हुनसक्छ, अझ चतुर् माझीहरुले त दुवाली छेकेरै वल्छि हाने हुन - उम्कने जुनै छिद्र नै बाँकि नराखेर। सुर् न ताल् क्रमश.....
Read Full Discussion Thread for this article