Posted by: kukur September 8, 2007
indian idol result
Login in to Rate this Post:     0       ?        
अन्ततः समर्थकहरुको अपार समर्थनका साथ प्रशान्त इन्डियन आइडलको ग्रान्ड फाइनलमा पुग्न सफल भएका छन्। संगीतको कुनै अ‍ौपचारिक शिक्षा नलिएका प्रशान्तको अगाडि अब प्रतिस्पर्धीका रुपमा इन्डियन आइडल कै सबैभन्दा प्रतिभाशाली मानिएका गायक अमित छन्। यस अगाडिका कार्यक्रमहरुमा लगातार सबैभन्दा बढी मत पाउने प्रतिस्पर्धीका रुपमा रहे पनि प्रशान्त यस पटकको कार्यक्रममा भने बटम टुमा पुगे। अर्थात् सबैभन्दा बढी मत अमितले पाए। त्यसैले पनि प्रशान्तको आगामी यात्रा त्यति सहज हुने छैन, जति पहिले थियो। त्यसो त कार्यक्रमको शैली पनि अब फरक हुनेछ। ग्राण्ड फाइनल २३ सेप्टेम्बर आइतबार राति आठ बजेदेखि १० बजेसम्म दुई घण्टा नयाँ दिल्लीमा हुनेछ।यसमा दुवै गायकले आफ्नो गायन प्रतिभा देखाउने छन्। यसअघि भारतका विभिन्न सहरमा दुवै गायकले कन्सर्ट गर्नेछन् र आफ्नो लागि भोट माग्नेछन्। भोटिङ अवधिका बारेमा यकिन थाहा हुन सकेको छैन। तर भोटिङ अवधि पनि पहिलेको तुलनामा धेरै हुनेछ। अमितलाई पूरै भारतको र प्रशान्तलाई नेपाली समुदायको मात्र समर्थन रहेको रुपमा चित्रण हुन थालेकोले पनि प्रशान्तको यात्रा कठिन हुने देखिन्छ। २३ सेप्टेम्बरमा दुई घण्टा लामो लाइभ प्रोग्राममा इन्डियन आइडल ३ को अ‍ौपचारिक घोषणा गरिनेछ। लाइभ प्रोग्राममा यस्तो घोषणा गरिने भएकोले तपाईँहरु आफै यो कार्यक्रम हेरेर रिजल्ट थाहा पाउन सक्नुहुनेछ, अहिले जस्तो मैले पहिले नै भनिरहनु पर्ने हुँदैन।विगत केही हप्तामा मैले अग्रिम रिजल्ट बताउँदा मेरो व्यक्तिगत इमेलमा आएका धन्यवादका शब्दहरुका लागि आभार व्यक्त गर्दछु। २३ सेप्टेम्बरमा विजयी घोषणा भएका इन्डियन आइडल (अमित पल वा प्रशान्त तामाङ) लाई आवाजमा अझ बढी निखार ल्याउनका लागि सोनी बिएमजीले एक वर्षसम्म प्रशिक्षण दिनेछ। त्यसपछि इन्डियन आइडलको पहिलो एल्बम बजारमा ल्याइनेछ। यसबाहेक सोनी इन्टरटेनमेन्ट टेलिभिजनसित पनि विजयीको एक करोड रुपैयाँको कन्ट्रयाक्ट हुनेछ। -rijen.ndh@gmail.com
Read Full Discussion Thread for this article