Posted by: kukur September 8, 2007
indian idol result
Login in to Rate this Post:     0       ?        
….तर ग्राण्ड फाइनलमा पुग्न सफल भए त ? -रिजेन/नयाँ दिल्ली- अपडेट (अपराह्न २२०): सम्पूर्ण नेपालीका चासोका विषय बन्न पुगेका प्रशान्त तामाङ अन्ततः इन्डियन आइडलको ग्राण्ड फाइनल अर्थात् टप टुमा पुग्न सफल भए कि भएनन् त ? इन्डियन आइडलको आज राति प्रसारण हुने कार्यक्रमका लागि भएको शुटिङमा उपस्थित मेरा मित्र अभिषेकले मलाई एसएमएसबाट दिएको जानकारी अनुसार कार्यक्रमको सुरुमा अमितलाई सेफ भनी घोषणा गरिन्छ भने प्रशान्त र इमोन ड्यान्जर जोनमा पर्छन्। प्रशान्त ड्यान्जर जोनमा परेको यो दोस्रो अवसर हो। यसअघि धेरै पहिले गाला राउन्ड सुरु हुनुअघि जुन महिनामा प्रसारण भएको कार्यक्रममा प्रशान्त बटम फोर अर्थात् ड्यान्जर जोनमा परेका थिए। तर अन्त्यमा प्रशान्त ग्राण्ड फाइनलमा पुग्न सफल हुन्छन्। इमोन आजको कार्यक्रमबाट आउट हुन्छन्। अब इन्डियन आइडलको ग्राण्ड फाइनल गीतसंगीतमा एकदम प्रवीण अमित र संगीतको कुनै अ‍ौपचारिक शिक्षा नलिएका दार्जिलिङका अनाथ तर आफ्नै प्रयास र समर्थकहरुको ठूलो सहानुभूतिका बीच यहाँसम्म आइपुगेका नेपाली मूलका प्रशान्तबीच हुनेछ। यो सँगै अब हाम्रो रिजल्ट पहिले नै थाहा पाउने क्रमको पनि अन्त्य हुनेछ। किनभने ग्राण्ड फाइनलको रिजल्ट लाइभ प्रोग्राममा हुनेछ अहिलेको जस्तो रेकर्डेड प्रोग्राममा हैन। अबका केही हप्ता विभिन्न ठाउँमा टप टुले कन्सर्ट गर्दै भोट क्याम्पेन गर्नेछन् र, अन्त्यमा केही घण्टा लामो ग्राण्ड फाइनलको सोनीमा लाइभ टेलिकास्ट हुनेछ। -rijen.ndh@gmail.com
Read Full Discussion Thread for this article