Posted by: Birkhe_Maila September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
“खुईईईयsss!” “ हरिशरणम्!” “खै कोइ अन्मरिया रैनछन्।“ “के खान आम्थे बेला न कुबेला यि असत्तिहरु? सपैको आ-आफ्नो रमैलो होला नि, सपै म बुडो जस्तो जतिखेर नि हेरि यइ ठाममा क्यार्न बस्थे त बाबै? उमेर छ चाइन्जो जाँगर छ, सपै ठाममा रमैलो अर्छन कतै केइ नपाएसि झ्याउ ला’र म बुडो सँअ बात मार्न आम्दा रेछन्!” “बात मार्न त खप्पिसे थेँ के रे उ बेलाँ! चार-पाँच जना गाम्ले वरिपरि राखेर बोल्न थालेसि सपै ट्वाल्ल परेर सुन्थे बाबै! कत्रो रवाफ थो गाममा कठै! अइले कोइ बज्जेले काट्या ठाममा नि मु..दैन!” “ खसि काट्छु जिम्मालबा एस पालि चन्द्रे साइँलोको छोरि कमली भित्राम्न पाइँ भने” भन्तो ग्वाँचे, बरा कमलिलाई रिकुटेले डाँडा कटाएदेखुन बिचरा रायो खा’ अस्तो भ’ र तेसै तेसै भाउन्निरा छ बरा!” “भाउन्ननsss हुन्छ गाँठे जुरुक्क उठ्दाखेरुन, काल आम्न ला’ हो कि के हो के हो, के जाति पेसर बडो भन्तो मदनवा, के हो तो कुन्नि पेसर भन्नि उइ जानोस्!” “बेसार नि यसपालि परेन नारन! पोर मात्तै गोडा चार हजार रुप्पेको बेसार बेच्यो एइ ज्यान ले, यो बर्ख सपै बेसार सुकेर गओ, अनि कल्ले किन्थो तो सुठो जस्तो सुक्या बेसार? सपै बेसार खोल्साँ मिल्क्याम्दा कम्ता दुख ला’ थेन मलाई!” “दुखै त छ नि जिन्तखिमा! तरुनो छउन्जेल जति नि बाँचिन्छ अस्तो लाऊथो अइले आ’र यि, अर्को बर्ख दशैँ मनाम्न पाम्ने हो कि हैन बनेर कोराइssssकोराइ मुटु खान्छ बाबै!” “मुटुको बेथा रे बरा हल्दारनि जेठिलाई!! बिचरा हल्दारले बाउको जिउनि समेत बेचेर सक्काओ बुडिको बेथा निको पार्न, च्व… च्व… च्व… जेथा जिनिस सकिओ बेथा उस्तै, दसा ला’ रेछ बरा तेल्लाई!” ‘यसपालि माघाँ मेरो साडेसाता दसा सकिन्छ भन्ते माथ्लाघरे पुरेत्, त्याँसि नलिखुट्टो दुख्न ठिक हुन्तो कि त??” “नलिखुट्टो नदुखे त म नि फुर्तिलो हुन्छु बाबै!” “फुर्तिलो बेलाँ कम्ता बलियो थि न म, तो जिम्माल्निले दाल पिन्ने जाँतो एइ ज्यानले जुरुक्क बोकेर ल्या हो बगर देखुन! दइ दुध खा ज्यान थो गाँठे हाउँरो!” “दइ, दुध भनेसि आजकलका अल्लारेहरु तेसइ तेसइ तर्केर भाग्छन तिनको सत्यानाश हुने! भैँसिको के जाति मम खाँदा खाँदा हेर्दा नि भैँसि जस्ता देखिन्छन पातकि हरु, बल भने कुखुरोको जति नि नाईँ! तिनको बुडेसकाल कस्तो हुने होला नारन!!” “कुखुरो नि कल्ले चोर्छ कल्ले अचेल?? राति खोराँ बन्द अरेर सुतो ब्यान हुँदा कुखुरो हराम्छ, कुखुरा चोरको बिगबिगि बडो गाममा! यिनै उरन्ठेउलाहुरको काम हो अस्तो मानिछु, क्यार्नु बोलो भन्देखुन तेसइ तेसइ खाउँला अस्तो गर्छन् आँखा तरेर।“ “जिम्मालनिले आँखा तरेको हिजो अस्तो लाउछ बाबै! गाजल ला’र चिटिक्ख परेर मलाई आँखा तर्थि माइतिमा हुँदा! कम्ति नखरमाउलि थि न तो पनि! यो ज्यान र मेरा सुकिला दौरा सुरुवाल देखेर हुरुक्कै भइ हुन नि!” “दौरा सुरुवाल लाम्नै छाडे गाँठे आजकलका ठिटाहरुले! हाउँरो उमेरा एउ दोटा बुडा खाडा बाहेक अरुले ला’ देखे मार्दिनु! के जाति धोक्रो भन्दा खस्रो पेँठ लाम्छन, हन तिनको काछ लाग्दैन भन्छु र तेस्तो लुगा लाम्दा??” “लुगा मात्तै काँ हो र, तो ढाका टोपि नि बिर्से बजियाहरुले, पालि भा टोपि लाम्छन, अब हेरि टाउका पानी तर्काउन हो कि के हो तो त दैव जानुन्!” “खेतको पानी तर्का’र आफ्नाँ पारो गोताएँले भनेर भउते बजिया सात गाम उचाल्ने अरेर सराप्दै थो हिजो गोताएँलाई। हुन नि भर्खर रोपाइँ अरेओ खेतको पानी तर्कार सपै सुकाइदेछ गोताएँले!” “डसना घाममा सुकाम्न पर्ने भा’ थो, बर्खाको बेला ढुसि गना’र बिघ्न छ! जिम्माल्नि उचाल्न सक्तिन डसना, मेरो नि खुट्टो चर्केर केइ अर्न हुन्न भित्रै कुइने भो गाँठे हाम्रा सिरक र डसना!!” “रिडियोले तो जइले नि टिम्मा सिरक टिम्मा सिरक भन्छ कस्तो हो तो टिम्मा सिरक भनेर परारै नेपाल जाँदा किनेर ल्या, तेस्तो जाबो, न्यानु भ’ नि क्यार्नु केइ न ओड्या अस्तो लाउने! आफुलाई त सिरकले नथिचिइ निद्रा नलाउने के काम तो फूल अस्तो हलुउँ सिरक???” “खै को को कता ला’ हुन? आफ्नो त घराँ आगो फुक्या नि छैन आज चापाचाप छ, लु भरे तिर आउँछु कि गोडो दुख्न ठिक भओ भन्देखुन् !” “हरिशरणम्!!”
Read Full Discussion Thread for this article