Posted by: hetterika!! September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण गाउँलेहरुलाई वधाई तथा हीरक अभिवादन! चौतारीले दोस्रो बर्ष पार गरेछ। पहिले पहिले साझा खोल्दा खासै ध्यान नदिईने यतातिर। २६/२७ तिरको कुरो होला, एकदिन अड्डाँ बसेर साउको आँखा छल्दै काम चोर्ने बहानामा यसो एउटा छेउमा बसेर गाम्लेहरुको कुरा सुन्न थालेको, ईन्स्ट्यान्ट फ्यान भईयो। यसो अलिअलि कुरामा कुरा थप्न थालियो। चौतारीको विशेषता नै हो, छिरेपछी ठाउँ पाउन गारो भएन, छोड्ने मेसो मिलेन। हेर्दाहेर्दै रैथाने भईएछ। कहिल्यै नदेखेका मान्छेहरु आफ्ना लाग्न थाले। भरखर ७५ पुग्दैछ, भविष्यमा यसरी नै निरन्तरता पाईराखोस हजारौं भागहरुसम्म - मेरो शुभकामना।
Read Full Discussion Thread for this article