:) सबैलाइ नमस्ते !
अनि कान्छी लै स्वागत !:)
गौतमबाउको कथा पढेर निकै रमाइलो लाग्यो :)
हुनत यहाँहरुलाइ अचम्म लाग्ला यो मिस॒मिले बेला न कुबेला के के लेख्छे भनेर । यो मेरो तर्फबाट सानो गन्थन “फटिंग्रे’ (छुवाछुतको सामाजिक कुरितीले पिडित तर मेरो मेरो हृदयमा सम्मानित)को अर्को अंश (सायद अपुर्ण नै होला भन्चु र—कुनै दिन मिलाएर फुर्सद हुदा पुरै राख्ने छु)
*****************************************************************************
फटिंग्रे---
’प्लिज मेरो ममी बनदिनुस न आज’’ झस्किन्छु ,स्तब्ध हुन्छु,म भित्रको ममता उथुलपुथुल हुन्छ। म प्रति उस्को लगाव झन
झन बढेको पाउछु म। किन किन उस्लाइ छातिमा राखेर रुन मनलाग्छ । उ मेरि होइन तर मेरो मुटुमा बसेकि छे।उस्को
अनुहार मलिन हुदा मलाइ पिडा हुन्छ ।उस्को आँखामा आँशुमा देख्दा मेरो परेलि रसाएको पाउछु म। उस्को कुनै पनि अनुरोध नकार्न सक्दिन ।
‘’तिमी के भएकि?’’म नचाहादा नचाहदा पनि उ प्रति असहमति देखाउने प्रयासगर्छु।
‘’हेर सानो मान्छे ज्ञानी हुनपर्छ ।ठूलो ले भनेको मान्नु पर्छ ।‘’ एकतर्फि अधिकार प्रयोग गर्छु म।
‘’हस म हजुरले भनेको मान्छु।‘ ‘ल आज मेरो ममि बन्दिनुस न’ फेरि उहि शब्द दोहर्याउछे –
‘’किन?’’ मैले म भित्रको ममतालाई दबाउने कोशिस गर्दै प्रतिप्रष्न गर्छु।
उस्को निर्दोष आँखा मतिर घुमाउदै भन्छे-
‘‘आज अभिभावक दिवस अनि रिपोर्ट-कार्ड पनि दिने रे मिसले भनेको।‘’
‘’स्कूलमा बाबा ममि जानुपर्छ रे सबैको बाबा ममि आउछ अनि मेरो चै .....’’उ बिचमै रोकिन्छे ।मानौ उस्को गला अबरुद्द हुन्छ।
म अलमल्लमा पर्छु ।उस्को पिडालाइ सहन गर्न सक्ने क्षमता म भित्र छैन।मेरो मन दुइ टुक्रा हुन्छ ।म कसरी उस्को आमा
बनू ?!समाज, चळन, मेरो परिस्थिति ले मलाई औला तेर्स्याएको अनुभव गर्छु म।
अर्को मन उस्को विवसता र पिडालाइ महसुस गर्न थाल्छ ।मेरो मन कल्पिन थाल्छ, मेरो सानो साथले उ भित्र आत्मविस्वास
पलाउछ भने, म उस्लाइ किन साथ नेदउ त ? मैले उस्को स्कूल जानु पर्छ।यो नै मेरो उ प्रतिको सच्चा प्यार हो- चोखो ममता
हो ।सबै सामाजिक परिबन्धहरु रितिहरु मेरो लागि तुच्छ लाग्छन।मेरो परिस्थिति – त्यो त मेरो आर्जन हो , मेरो भावना मेरो
जित बनेर आउछ ।सहास जागेर आउछ । म उस्को कपाल सम्याउदै भन्छु –
’’ ल जाउला नि त तिम्रो स्कूलमा, बरु भन तिंमी ‘म’ को भनेर चिनाउछ्यौ त तिम्रो साथिलाइ?’’मैले उ भित्रको ‘रेवती’ पढ्न चाँहे।
‘’मेरो ममि’’।उस्ले सजल आँखा भित्र चमक ल्याउदै एक निमेषमै जवाव दिन्छे।
उसको अनुहारको खुशी सजिलै महसुस गर्छु मैले। मलाइ कता कता मिठो अनुभुति हुन्छ, आन्नद लाग्छ मेरो टुक्रिएको मन
जोडिएको आभास हुन्छ।
*********************************************************************************************
‘श्रष्टा ‘...हिजो जस्तो लाग्छ उनि संग छोटो परिचय भएको। कसरी यति गहिरो संबन्ध गाँसिन पुग्यो होला? कुन शक्ति होला
जो मान्छेलाइ एकअर्को संग घनिष्ट बनाउन सफल हुन्छ। कुन आवाज होला त्यो जस्ले यस्तो प्रवल विस्वास दिलाउन सकेको
हुन्छ ? कुनै अपरिचितसंग ८ वर्षकी सानी बच्चि साथमा श्रष्टाको पत्र अनि स्कूलको झोला बोकेर मेरोमा बस्न आएकि थिइ।
मलाई अनौठौ लागेको थियो न उस्को आँखामा आशु थियो न उस्को अनुहार उदास न खुशी न हाँसो।लाग्थ्यो मानौ उस्ले सबै
खपि सकेकि छे, यो छोटो जिवन यात्राको शुरुवात संगै उस्ले निकै उकालि ओराली पार गरेकि छे। खै किन किन उस्को
आगमन संगै म भित्र एककिसिमको खुशी भित्रिएको थियो उस्को पिडाभन्दा बढि।
'रेवती' उस्लाइ देख्ने बित्तिकै म सानो हुदाको दिन, मेरो बिगत, आँखा वरिपरि घुम्न थाल्छन –त्यो ढुंगा, त्यो खोला सङ्लो
पानी ,माछा , वनपाखा अनि त्यो धमिलो छाँया मेरो प्रिय मान्छे “फटिंग्रे ‘