Posted by: anilmelvin September 7, 2007
Gyane strikes......
Login in to Rate this Post:     0       ?        
आईतवारको बम हमलामा दरवारको संलग्नता छैन : दरबार राजधानीमा भएका श्रीङखलाबद्व बम हमलामा दरवारको संलग्नता रहेको आरोप लागिरहेको बेला दरवारले एक विज्ञप्ति मार्फत सो घटनामा आफ्नो संलग्नता रहेको भन्ने प्रचार भ्रमपुर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ । सो घटनाप्रति राजा ज्ञानेन्द्र र रानी कोमलबाट गहिरो दु:ख समेत व्यक्त गरिएको छ । सम्वाद सचिवालयले एक सुचना मार्फत राजा रानीबाट दिवंगत आत्माको चिर शान्तिको कामना र शोकसन्तव्य परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत व्यक्त गरिएको उल्लेख छ । बम विष्फोटमा युवराज पारस र राजदरवारको संलग्नता रहेको भनी केही पत्रपत्रिकामा प्रकाशित समाचारको पनि दरवारले खण्डन गरेको छ । घटनामा दरवारको संलग्नता रहेको भन्ने समचार बिल्कुलै निरधार, कपोल्लकल्पित र द्वैषपुर्ण भएको भन्दै सम्वाद सचिवालयले खण्डन गरेको हो ।
Read Full Discussion Thread for this article