Posted by: GreenMapleTree September 6, 2007
Call kathmandu.. 2 cent/Min
Login in to Rate this Post:     0       ?        
It looks like VOIP is being legalized by Nepal Telecom in near future. Does this mean we are getting 2 cent/Min to Nepal in near future. Share what you think about this news... from: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=121605 काठमाडौं, भदौ १९ - अब सहरका कुना कुनामा रहेका साइबर क्याफे खोजी खोजी सस्तो मूल्यमा विदेशमा फोन गर्न भौंतारिनु पर्दैन । नेपाल दूरसंचार प्राधिकरणले सरकारी तथा निजी स्वामित्वका टेलिफोन सेवा प्रदायकलाई इन्टरनेट टेलिफोनमार्फत सस्तो मूल्यमा अन्तर्राष्ट्रिय सेवा दिन पत्राचार गरेको छ । प्राधिकरण अध्यक्ष डा. दिनेश शर्माले इन्टरनेटमार्फत टेलिफोन गर्ने सस्तो प्रविधिलाई कानुनी रुपमा खुल्ला गर्ने निर्णय भइसकेको र सेवा प्रदायकले छिट्टै सुरु गर्ने जानकारी कान्तिपुरलाई दिए । उनका अनुसार अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा संचालनका लागि अनुमतिप्राप्त व्यक्तिले 'भ्वाइस ओभर इन्टरनेट प्रोटोकल -भिओआईपी)' गेटवे स्थापना गरी सेवा दिन प्राधिकरणले यो निर्णय गरेको हो । यो निर्णयअनुसार सबै दूरसंचार सेवा प्रदायक कम्पनीले उपभोक्ताका लागि सस्तो मूल्यमा विदेश फोन गर्न पाउने व्यवस्था गर्नु पर्नेछ । टेलिकमले यसअघि १४४५ र १४२५ डायल गरेर सस्तो मूल्यमा सेवा लिन सकिने व्यवस्था गरेको थियो । कम्पनीहरूले आवश्यक उपकरण थप गरी छिट्टै यस्तो सेवा दिने तयारी गरेका छन् । प्राधिकरणका सहायक प्रबन्धक विजयकुमार रायका अनुसार अहिलेसम्म टेलिकम लगायतका दूरसंचार सेवा कम्पनीहरूले 'सर्किट स्वीच' प्रणालीबाट सेवा दिइरहेकोमा अबदेखि 'प्याकेट स्वीच' प्रणालीबाट दिने छन् । यसका लागि कम्पनीले छुट्टै 'एक्सेस' नम्बर समेत दिनेछन् । यसबाट फोन सम्पर्क गर्न सस्तोे हुने छ । टेलिकम सेवा संचालक कम्पनीले यो सेवा सुरु गरेपछि फोनको गुणस्तर समेत राम्रो हुने छ । यसैगरी प्राधिकरणले इन्टरनेटमार्फत हुने टेलिफोनलाई पनि वैधानिकता दिएको छ । डा. शर्माका अनुसार पहिलो चरणमा कम्प्युटरमा इन्टरनेटमार्फत सम्पर्क गरी कुराकानी गर्न सकिने अनुमति दिइएको छ । यो प्रविधि धेरै पहिलेदेखि प्रचलनमा रहे पनि कानुनी रुपमा खुला थिएन । यसैगरी नेपालमा इन्टरनेट जडित कम्प्युटरबाट विदेशस्थित साधारण र मोबाइल फोनमा समेत कुरा गर्न सकिने छ । 'नेपालभित्रै पनि कम्प्युटरबाट कुराकानी गर्न खुला गरिएको छ', डा. शर्माले भने । सरकारले दूरसंचार कम्पनी र इन्टरनेट सेवा प्रदायक कम्पनीलाई दिएकोे लाइसेन्समा उल्लेखित प्रावधानका कारण कम्प्युटरबाट नेपालमा नै फोनमा सम्पर्क गर्न हालका लागि प्रतिबन्ध गरिएको छ ।
Read Full Discussion Thread for this article