Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
"क्षण मै लोभ पर्ने क्षणमै लोप हुने जमाना मा अलि दीगो पियार गर्न सिकौं।" लोल ठुल्दाई! हेरि सिधै बिहे गर्न सिकौँ नभनेर लामो बनाउनुभयो जस्तो छ कुरो हाहाहाहाहा! के मान्थे ठुल्दाई आजकलका केटाकेटिले दिगो लप अर्न। दिगो अरो भने काँ लप भओ र तो त बिहा भै गो नि, बिहा त पछि गर्ने हो भन्छन्! अनपारका छन आजकलका ठिटाठिटिहेरु! कसैलाई तेरो लप चाइन्जो दिगो छैन भनेर भन्नुस त एउ बाजि, मेरि बास्सै " तँ बुडोलाई के था लप सप मेरो जस्तो दिगो कसैको छैन" भन्दै सिधै घाट पुर्याम्छन कि अस्तो गर्दै चुट्न आम्छन्। अनि त्याँसि अलि टेम पछि तेइ मुन्छे भेटेर सोधो भन्देखुन, " हउरे ठिकै भन्नुभा थो तो लप नै हैन रेछ छुटो, तर यसपालिको चाइँ दिगो हो" भन्छन्। फेरि जान्ने भ'र यो तेरो लप अइले नि दिगो अस्तो लाउदैन मलाई" भनेर नभन्नु नि फेरि, यसपालि त सिधै आर्जेघाट पुर्याइदिन बेर मान्दैनन्। यस्तै छ यि चालामाला आजकल, लास्टाँ आ'र तिनको नि उमेर चाइन्जो अलि बडि हुन्छ , बिहा अर्छन अनि तपाइँ संगै तमाखु तान्दै भन्छन, "बेलैमा बिहा अरे हुने रेछ हउर, तो लप सप को चक्कराँ परेर बैँशको ४-५ बर्ख यसो गरुँला र यसो होला भन्दै बितो कठै" भनेर!
Read Full Discussion Thread for this article