Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हे दीपेश्वर प्रभु! हजार जिब्रा भएका र हजार रुप भएका हाम्रा नेताहरुले सम्म कहन नसक्ने बाङ्गे महात्म्य फलाक्ने, पावनभुमि हाँडिगाउँले परमेश्वर! हजुरको परम कृपाले गर्दा यो ओइलिँदै गएको बैँशमा पनि अलिकता मलजल थपेर फेरि तरुनो हुने तरिका खुसुक्क तर निर्धक्क भनिदिनुभएकोमा यस्ता हजुरलाई कोटि कोटि हैन अशर्फी घोटि घोटि प्रणाम छ!! हे लाजिम्पाट भन्दा पूर्वका ईश्वर, हे भाटभटेनि भन्दा दख्खिनका इश्वर, हे नागपोखरि भन्दा उत्तरका ईश्वर हजुरको परम कृपालु नजरले कयौँ युवाहरु लाभान्वित भएको कुरा यस जम्बु दि्पे चौतारिबर्षेमा मात्र हैन सम्पुर्ण जगतमा जगजाहेर छ! यस्तोमा प्रभुको परम अनुकम्पा म बुढोमा पर्नुलाई आफ्नो बिगतका कयौँ जनमको तपस्याको फल मानेको छु!
जय होस!

Last edited: 06-Sep-07 03:30 PM
Read Full Discussion Thread for this article