Posted by: miss_ me September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
:)
नमस्ते!!
गालव र याहुजी तिजको संझना गराइदेकोमा धनयवाद है। सबै आदरनिय दिदीहरु र र प्यारि बहिनीहरुलाइ तिजको शुभ-कामना सहित दरखाने निम्तो है त :) (मनमनै दाजुभाइहरु र देवरजीपनि आए त कति रमाइलो हुन्थयो होला भन्चु र)


हुनत तिजमा गुनासो बढि सुनिन्छ ।तर म यसबारेमा एकतर्फि बिचार राख्ने गर्छु ।तिज संपुर्ण महिला वर्गको खुशि र हाँसो साटासाट गर्ने चाँड हो। सायद आफु त्यो परिस्थिति बाट नगुज्रिएकोले पनि होला। घर देखि टाढाभएर होला सायद  घर- माइती दुबै बाट पाएको माया मेरो लागि उत्तिकै मिठो छ। सानोमा आमाले सिकाएको सामाजिक रितिरिवाज र बिहेपछि सासुले सिकाएको मर्यादाले गर्दा तिज मलाइ लागि निकै महान लाग्छ । नन्दहरु अनि दिदी र बहिनिको संझना झनझन ताजा भएर आउछ:(



अब आउनेदिनहरुमा हामी संपुर्ण नेपाली महिलाहरु एकआवज लिएर हरेक चुनौतिको समाना गर्न सकौ-शुभ-कामना
Last edited: 06-Sep-07 10:28 AM
Read Full Discussion Thread for this article