Posted by: MR_TRUTH September 5, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        
खै ०४२ सालमा स्यानै भएपनि भिजन त २०।२० नै थियो, अब जाच्नु पर्ला । तर रङगिन चश्मा नै लाउनु पर्छ भन्ने केहि छैन । सडकमा कुनै समान बिक्रि गर्नेले पहिला आफुमाथि प्रयोग गरेर बिश्वास देखाउनु स्वभाबिक हो। गणेशमानजीले मलाई स्वर्गबाट स्याबासि दिन्थे होलान, किनभने उनि पनि ठाढो कुरामा बिश्वास राख्थे,उनलाइ अब राजनितिको खेति पनि गर्नुछैन । बमको राजनितिलाइ six degrees of seperation game झैं खेल्दा सबै सम्बन्धित देख्नु नौलो होइन। छाडौ बिबाद बरु दिपले चै कुरा बुझ्या रैछन । संबिधान सभालाई दुर्लभ बुटि झै मान्दा षडयन्त्रको गन्धहरु बटुलिनु अस्वभाबिक हैन । हेरनुहोस मधेशि फोरम सगंको गिरिजाबाट सम्झौता । आखिर भारतलाई चाहियो भने त्यो सम्झौता,सभा तु हुने रहेछन। त्यो फोरम जो देश टुक्रयाउन तयार थिए एकबखत, अहिले लुरे कुकुर झै हस हस भनिरहेछ। एक ताका राजाबाट संचालित भनिएको फोरम एकाएक सभाको तयारिमा लागेछन । यस्तो जादु कसरि भो ? गिरिजाले किन हतार गरे ? अहिले सुजाता फेरि बेबिकिङ अलापदै छिन। पटक पटक नारायणहिटि, बालुवाटार छिर्ने मुखर्जिले ग्यानेलाइ पनि भारतको छडिमा काम गर्ने सहमतिको कोशिश बकवास भन्न सकिन्न, भुटानलाइ हेर्नोस। असहमतिका कारण भारतलाइ ६ गते नै चुनाव चाहियो। हाउगुजि? क्षणमै सबै पार्टि जुरमुराऊन थाले, माओवादि डराए। संझौता फटाफट भए। कंग्रेश र भारतले चाह्यो भने सं सभा जहिले पनि सुलभ थियो,छ, इतिहास साक्षि छ, चाहिएन भने त्यो यति दुर्लभ हुन्छ कि सबै जनता त्यसको खोजिमा लाग्छन। जनताले फलत पाउने निको चांहि न्युनतम थियो सधै हुनेछ । बांकि दलहरु त हास्यास्पदका पात्रहरु मात्र हुन। तल छोटोकारिमा केहि घटनाक्रमहरु कपि पेष्ट गर्या छु । संविधान निर्माणमा दूतावास सक्रिय . आधा दर्जन भारतीय कानुनविद् राजधानीमा - काठमाडौं। नेपालको माओवादी समस्या र मधेसी समस्या समाधानमा योगदान पुर्‍याउँदै आएको छिमेकी मित्रराष्ट्र भारतले संविधानसभाको निर्वाचनअगावै भावी संविधानको स्वरुप तयार गर्न गृहकार्य अगाडि बढाएको छ। भारतीय राजदूत अध्यक्ष रहेको 'बीपी कोइराला नेपाल–भारत फाउण्डेसन' को आयोजनामा आइतबारदेखि भावी संविधानको स्वरुप निर्माणबारे गृहकार्य सुरु भएको हो। ========== एकैचोटि राजा आउने र गिरिजा जाने – चूडामणि भट्टराईबाट काठमाडौं। रानी कोमललाई एक्लै नागार्जुनतिर पठाएर केही घण्टा दरबारमै बिताएका राजा ज्ञानेन्द्र निर्धारित समयभन्दा झण्डै अढाई घण्टा ढिलो मात्र नारायणहिटीबाट बाहिरिए। प्रायः आफैं गाडी हाँकेर रानीका साथ देखिने राजाले किन फरक–फरक समयको सवारी मिलाए? यसको कारण थियो– छिमेकी मुलुक भारत र त्यसका राजदूत शिवशंकर मुखर्जी। मुखर्जीले राजा ज्ञानेन्द्रलाई त्यसदिन कुराएका थिए र कसैले थाहा नपाउनेगरी भदौ ७ गते शुक्रबार साँझ उनी सुटुक्क राजदरबार छिरेका थिए। बाह्य सुरक्षा निकायहरुलाई कोरियन टोली राजालाई भेट्न गएको भन्ने हल्ला गराएर दरबारमा राजा र राजदूतबीच झण्डै दुई घण्टा गोप्य वार्तालाप भएको थियो। यसकोलगत्तै पर्सिपल्ट राजदूत मुखर्जीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटघाट गरेका थिए। ====‍‍‍‍‍‍‍‍‍=========================== काङ्गे्रस गणतन्त्रमा यसरी काङ्गे्रस गणतन्त्रका पक्षमा जाने भएपछि पार्टीभित्र एक प्रकारको चिन्ता छाएको छ। वामपन्थीहरू र त्यसमा पनि हिंसात्मक युद्धमा विश्वास गर्ने माओवादीहरू राजनीतिमा हावी भएका बेला गणतन्त्र स्थापना हुँदा त्यस्तो गणतन्त्रले लोकतन्त्र सुदृढ तुल्याउँछ भन्ने कुरामा विश्वास गर्न काङ्गे्रसका अधिकांश नेता तथा कार्यकर्ता तयार छैनन्। माओवादीको अगुवाइमा गणतन्त्र स्थापना हुँदा लोकतन्त्रलाई ठँलो धक्का पुग्ने धारणा उनीहरूको छ। मुलुकलाई गणतन्त्र आवश्यक भइसकेको भए पनि काङ्गे्रसको अगुवाइमा स्थापना हुने गणतन्त्र मात्र देश, जनता र लोकतन्त्रका निम्ति हितकर हुनसक्छ भन्ने विश्वास काङ्गे्रसभित्र छ। महान् चिन्तक एवम् नेपाली काङ्गे्रसका संस्थापक नेता बीपी कोइरालाले अनुशरण गर्नुभएको मार्गको समीक्षा नगरी बीपीको 'लाइन' परित्याग गर्न खोजिएकोले पनि काङ्गे्रसमा असन्तुष्टि पैदा भएको छ। राजतन्त्रलाई त्याग गर्दाभन्दा पनि कम्युनिस्टहरूसँगको सहयात्रा काङ्गे्रस र प्रजातन्त्रका लागि घातक हुनसक्छ भन्ने बीपी कोइरालाको निष्कर्ष छ। उहाँले अवलम्बन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति झनै सान्दर्भिक बन्दै गएको काङ्गे्रसजनले ठान्न थालेका छन्। गिरिजाप्रसाद कोइरालाकै समयमा बीपीको 'लाइन' उपेक्षित हुनुलाई दुर्भाग्यको अर्को पाटो मानिएको छ। कम्युनिस्टहरूसँगको सहयात्राबाट निरङ्कुश राजतन्त्र अन्त्य हुनमा केही बल मिलेको भए पनि काङ्गे्रस पार्टीको प्रभाव र लोकतन्त्र सुदृढीकरणमा भने धेरै ठँलो धक्का पुर्‍याइरहेको महसुस गराएको छ। यस्तो अवस्थामा गणतन्त्रमा जाँदा पार्टी र लोकतन्त्रले झन् ठँलो क्षति बेहोर्नुपरेको हो कि भन्ने कुराले काङ्गे्रसका नेता तथा कार्यकर्तामा व्यग्रता बढाएको छ। गणतन्त्र स्थापनासँगै माओवादीको प्रहार काङ्गे्रसमाथि केन्द्रित हुने उनीहरूको ठम्याइ छ। काङ्गे्रस सम्बद्ध सँत्रले जनाएअनुसार दुई साताअघिसम्म सभापति गिरिजाप्रसाद कोइराला गणतन्त्रमा जाने–नजाने भन्ने विषयमा गम्भीर ढङ्गले विचार–विमर्श गरिनुपर्छ भन्नुहुन्थ्यो। तर, कुनै प्रकारको विचार–विमर्श नै नभइकन कोइरालाबाट अप्रत्याशित रूपमा गणतन्त्रमा जाने निर्देशन किन र कसरी आयो भन्ने कौतुहलता पनि काङ्गे्रसभित्र पैदा भएको छ। माओवादीलाई आन्दोलनबाट विमुख गराउनका लागि कोइरालाले काङ्गे्रसलाई गणतन्त्रमा लैजाने निर्णय गर्नुभएको अनुमान एकथरीले गरेका छन् भने अर्काथरीले भारत ससुराली भएका कृष्णप्रसाद सिटौलाहरूको लहलहैमा लागेर कोइराला गणतन्त्रमा जानुभएको ठानेका छन्। जुनसुकै कारणले काङ्गे्रसलाई गणतन्त्रमा लैजान खोजिएको भए पनि यस प्रकरणले असहज परिस्थितिको सिर्जना गर्ने निष्कर्ष राजनीतिक विश्लेषकहरूले निकालेका छन्। ‍‍‍‍‍‍============================ मधेसी सम्झौताविरुद्ध विस्फोट गराएको दाबी तराई आर्मीद्वारा जिम्मेवारी काठमाडौं। निर्धारित मितिमा संविधानसभाको निर्वाचनका लागि वातावरण तयार बनाउन नेपाल सरकारले विशेष सुरक्षा सुरु गरेकै दिन आइतबार साँझ राजधानी काठमाडौंमा शंृखलाबद्ध बम विस्फोट भएको छ। अपराह्न सवा चार बजेदेखि साढे चार बजेभित्र त्रिपुरेश्वर, सुन्धारा र बालाजुमा भएको शंृखलाबद्ध बम विस्फोटनको जिम्मेवारी आफूलाई तराई आर्मी संगठनको नेता 'जोन' नाम बताउने एक व्यक्तिले लिएका छन्। पाँच दिनको अथक प्रयासपछि सो संगठनका केन्द्रीय सदस्य मिस्टर खन्नाको नेतृत्वमा रहेको टोलीले तीन ठाउँमा बम फिस्फोटन गर्न सफल भएको जोनले बताएका छन्। १५ दिन अगाडि तराईबाट विस्फोटक पदार्थसहित राजधानी आएका दुई दर्जनसमूहले नक्सा बनाउने, आक्रमणको केन्द्रको निर्धारण गर्ने काम गरेको थियो र सोही समूहले पाँच दिन अगाडि नै गर्ने भनिएको आक्रमण अनुकूल परिस्थिति नभएका कारण हिजोमात्रै सम्भव भएको तराई आर्मी स्रोतले तरुणलाई बताएको छ। मधेसी जनअधिकार फोरमसँग भएको सम्झौताविरुद्ध उक्त बम विस्फोटन गराएको उनको दाबी छ। ===== स्रोतहरुका अनुसार, विस्फोटनकारी समूहले राजधानीका छ ठाउ147मा विस्फोटन गराउने योजना बनाएका थिए। तर, नक्साल, बानेश्वर र कालीमाटीमा भने विस्फोटन गराउन सफल भएनन्। यसपटकको विष्फोटमा विगत 'जनयुद्धकाल'मा माओवादीले सुरक्षाकर्मीविरुद्ध प्रयोग गर्ने खालकै विस्फोटक पदार्थ प्रयोग गरिएको थियो। ====== बम हान्नेहरु बीचैमा बेपत्ता – प्रकाश तिमल्सिना काठमाडौं। अन्ततः राजधानीमा भएको बम विष्फोटनको घटनामा कसको संलग्नता छ भन्ने द्विविधालाई प्रारम्भिक ढङ्गबाट किनारा लगाउँदै प्रहरी प्रशासन एवं गुप्तचरहरुको आफ्नो ध्यान तराईतिर खिचेका छन्। तराईवासीको नाममा काठमाडौंमै रहेका दरबारिया तत्त्व वा सेनाले घटना गराएको आशंका कतिपयले गरिरहेकै बेला अपराधीहरु राजधानीबाट बाहिरिइसकेको निश्कर्ष निकाल्दै सरकारले भने आतंकवाद विरोधी एउटा गोप्य दस्ता तराईतिर पठाएको छ। प्रहरी उपरीक्षक बमबहादुर भण्डारीले नेतृत्व गर्दै आएको आतंकवाद विरोधी दस्ताबाट डीएसपी सुबोध घिमिरेको कमाण्डमा प्रहरीहरुको टोली तराई झरेको हो। सिभिलमा खटिने यो प्रहरी टोलीले विगतमा एयरपोर्टलगायत विभिन्न नाकाबाट माओवादीलाई सुटुक्क पक्रेर गायब पार्ने कार्यमा विशेष सफलता हात पार्ने गरेको थियो। गृहमन्त्रालय सूत्रका अनुसार, प्रहरीको यो टोलीले बमकाण्डका संभावित दोषीहरुलाई खोजी गर्ने उद्देश्यले वीरगञ्ज, विराटनगर र नेपालगञ्जका विशेष नाकाहरुमा निगरानी गर्नेछ। प्रहरीले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार राजधानीमा बम विष्फोटन गर्ने सिलसिलामा केही दिनअघि शंकास्पद व्यक्तिहरुले कीर्तिपुरमा बैठक गरेका थिए। उनीहरुले तीनवटै स्थानमा छ इञ्च लम्बाइ भएको चार इञ्च मोटो फलामे पाइपमा जिलेटिन हालेर पड्काएका थिए। ती बममा एक घण्टापछि पड्कने टाइमसमेत डिभाइस ब्याट्री प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको स्रोतले बताएको छ। दुई ठाउँमा निश्चित स्थानमा राखेर पड्काइएको थियो भनेे बालाजुमा सोह्रखुट्टेबाट माइक्रो चढी आएको व्यक्तिले माइक्रोमै छाडेर झरेको थियो। प्रहरीको दाबीअनुसार, बम काण्डमा खास सहभागीहरु तीनजना थिए। प्रहरीले मधेशी र पहाडीमूलका गरी १५–१६ जनालाई पक्रेर अनुसन्धानपछि छाडिसकेको छ। काठमाडौंका केही लजमा सर्च गरिए पनि दोषीहरुलाई काठमाडौं छाडेर बाहिरिइसकेको निश्कर्षमा प्रहरी पुगेको छ। गोइत समूहको जनतान्त्रिकबाट छुट्टिएका बबन सिंह (मिष्टर जोन) कै संलग्नता रहेको निश्कर्षमा प्रहरी पुगेको छ। प्रहरीका अनुसार, मिष्टर जोनले प्रयोग गरेको मोबाइल फोन महरा थरका व्यक्तिका नाममा दर्ता छ। गौरबाट बम बोकेर काठमाडौंमा प्राप्त समाचारअनुसार, मिष्टर जोन भनिने तराई आर्मीका संयोजक बबन सिंहलाई गौर नरसंहारको नाइके भन्दै नेकपा माओवादीले उनी लगायत केहीको नामै तोकेर ज्यान मुद्दा लगाउन गौर प्रशासनलाई दबाव दिएको थियो। तर, जिल्ला प्रशासनले सो जाहेरी आजसम्म दर्ता गरेको छैन। प्रशासनले मुद्दा चलाउन आनाकानी गरेको बबनसिंहको सो समूहले नै ०६१ भदौ १६ गते इराक हत्याकाण्डको निहुँमा राजधानीलाई तहसनहस पारिएकै दिन छानेर आइतबार राजधानीमा सो घटना घटाएको हो। बबनसिंह निकटस्थ सूत्रले दिएको जानकारीअनुसार, सिंहले गौर आसपासका विवेक सिंह नाम गरेका व्यक्तिलाई सो घटना घटाउने जिम्मेवारी दिएका थिए। विवेक सिंहको नेतृत्वमा त्रिपुरेश्वर क्षेत्र तथा देवानको नेतृत्वमा बालाजु क्षेत्रमा बम बिष्फोटन गराइएको दाबी स्रोतको छ। स्रोतका अनुसार, राजधानीमा बम विष्फोट गराउन विवेक सिंह मधेशबाट राजधानीमा गत शनिबार मात्र आएका थिए भने शनिबार ४ः४५ मा सार्वजनिक यातायातबाट कलंकीमा ओर्लिएका उनी चामलको बोराभित्र लुकाएर ल्याइएको विष्फोटक पदार्थसहित त्रिपुरेश्वरतिर आएका थिए। स्रोतका अनुसार, विवेक सिंह नै घटना घटाएपछि 'मिष्टर खन्ना' का रुपमा उभिएका हुन्। तर तराई आर्मीका जोनले भने ५ दिनको प्रयासपछि सो घटना घटाउन सफल भएको दाबी गरिएको छ। उनको भनाई उद्धृत गर्दै स्रोतले जनआस्थालाई भन्यो– जोन, मिष्टर खन्ना लगायत मिलेर नक्शाङ्कन लगायत माक्रमणको क्षेत्र तथा मिति र समय तोकिएको थियो। यता, घटना घटे लगत्तै जोनले गौर स्थित पत्रकारलाई फोन गरी जिम्मेवारी लिएका थिए, १० सेकेण्डमात्र कुरा गरेको बताउँदै ती पत्रकारले भने– काठमाडौंमा गरिएको विष्फोटन सफल भयो, त्यसको जिम्मेवारी तराई आर्मीले लिन्छ, त्यसपछि पुनः आधा घण्टापछि सम्पर्कमा आएका आएका मिष्टर जोनले 'हामी सफल भयौ भनेका थिए।' स्रोतका अनुसार, राजधानीमा विष्फोटन गराउने सो समूहमा करिब १ दर्जन थिए र घटना गराएको रातमै उनीहरु मधेश फर्किसकेका छन्। शनिबार भित्रिएको विवेक सिंहको समूह कोटेश्वर आसपासको गेष्ट हाउसमा बसेको पनि स्राेतले बताएको छ। यसबारे थप जिज्ञासा राख्दा जोन उर्फ ववन सिंहको मोबाइलको स्वीच अफ गरिएको हुँदा सम्पर्क हुन सकेन। को हुन् त बबन सिंह? रौतहट ब्रम्हपुरीका स्थायी बासिन्दा अविवाहित बबन सिंहलाई गौर नरसंहारको नाइकेको आरोप माओवादीले लगाएको थियो। गौर नरसंहार लगत्तै मलंगवा हुँदै रात्रिबसमा राजधानी आएका बबन शाहीकालिन कृषि तथा सहकारी मन्त्री गोविन्द चौधरीको निरन्तर सम्पर्कमा रही गत सालको चैत २५ गते सोमबार मधेश फर्किएका थिए। चौधरी रौतहटका पूर्व सांसद पनि हुन्। चौधरी र जिल्लाक काठ व्यापारी यादुलाल महतोसँग निकटस्थ सम्बन्ध रहेको भनिएका बबन सिंह यो पटक सम्पर्कमा रहे/नरहेको भने स्रोतले केही बताएन। तर जिज्ञासा राख्दा पूर्व सहायक मन्त्री चौधरीले भने– त्यस्ता डाँकासँग मेरो कसरी सम्पर्क हुन्छ? बबन सिंहले सिमानामा बालबालिका अपहरण गर्ने र फिरौती लिने जस्ता कार्य गर्दै आएका छन् भन्दै उनले भने– बबन सिंहविरुद्ध अदालतमा थुप्रै मुद्दा छन्। हतियारसहित राजधानी ओहोरदोहोर गर्ने सिंहलाई आत्मानन्द उपाध्यायले सहयोग गर्दै आएका छन्। गौर घटनापछिको उनको गतिविधि उनका निकटतम पूर्व सहयोगीका अनुसार, गौर घटनापछि आफूलाई राजावादीको रुपमा चिनाउँदै आएका बबन सिंहले पछिल्लो समयमा आफूले दरबारबाट ३० लाख रुपियाँ पाएको बताउँदै आएका थिए। पिपुल्स आर्मीको दाबी यता विष्फोटलगत्तै सम्पर्कमा आएका नेपाल पिपुल्स आर्मीका केन्द्रीय संयोजक पुष्करले सो घटनाको जिम्मेवारी लिएका थिए। पछि संवाददातासँग अज्ञात स्थलमा भेटिएका पुस्करले भने– तराई आर्मी र हाम्रो सहमतिमा यो घटना घटाइएको हो। पुष्कर चाहिं को हुन् त? नेकपा माओवादीको पाँचौ विस्तारित बैठकको पूर्व सन्ध्यामा राजधानीमा भेटिएका पिपुल्स आर्मीका संयोजक पुष्करले यस संवाददातालाई आफू गणतन्त्रवादी भएको बताएका थिए। सोही भनाई पछिल्लो भेटमा पनि दोहोर्‍याए। जनयुद्ध शुरु देखिनै माओवादी पार्टीको सक्रिय कार्यकर्ता भएको बताउने संयोजक पुष्कर त्यसबेला पनि काठमाडौमा हतियासहित भेटिएका थिए। पार्टीले गलत नीति अख्तियार गरेको, सरकारमा गएर पनि केही कार्य गर्न नसक्दा आम पार्टी कार्यकर्तामा निराशा छाएको उनले बताएका थिए। सोही कारण आफूले पार्टी छाडी नेपाल पिपुल्स आर्मी निर्माण गरेको उनले बताएका थिए। ज्वालासिंह समात्न अर्को टोली यसैबीच, ज्वालासिंहलाई समात्नका लागि प्रहरीको अर्को स्पेशल फोर्स पनि तराईको सीमावर्ती क्षेत्रमा गएको बुझिएको छ। यता शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेल भने ज्वालासिंहले वार्ताको पहिलो पत्र नबुझेपछि दोस्रो पत्र पठाउने सूत्रको खोजीमा लागेका छन्। यसै सिलसिलामा तराईबाट पत्रकार विजय मिश्र काठमाडौं बोलाइएका छन्। गृहमन्त्री कृष्णप्रसाद सिटौलाचाहिं बमकाण्ड भएलगत्तै आइतबार विध्वंशकारीलाई कसरी पक्रने भन्दै सल्लाह गर्न सशस्त्र प्रहरीको हेर्डक्वार्टर पुगेपछि मात्र घाइतेलाई भेट्न अस्पताल गएका थिए। यसैबीच, मधेशी जनअधिकार फोरमबाट निश्कासनमा परेका उपेन्द्र यादव आफ्ना प्रतिद्वन्द्वी किशोर विश्वासको गृहजिल्ला सुनसरी पुगेका छन् भने विश्वास वीरगञ्जतिर लागेका छन्। उता, माओवादीबाट विद्रोह गरी विद्रोही मोर्चाको नेतृत्व गरिरहेका जनलालले मंगलबार जनआस्थासित फोनमा भने– हामीले शान्तिपूर्ण आन्दोलनमा छौ भनिसकेका छौं, उक्त घटनामा हाम्रो संलग्नता छैन। वमकाण्डमा निर्दोष सर्वसाधारणालाई पारिएकोमा दुःख व्यक्त गर्दै जनलालले भने– 'दरबारिया सामन्ती तत्वलाई चाहिं हान्नु पर्दथ्यो।' तर, आठ दलको सरकार पनि ज्ञानेन्द्रकै जस्तो हुकुमी पारामा चलिरहेको भन्दै उनले अगाडि थपे– प्रत्येक नेपाली जनता विद्रोह गर्नेछन्।
Read Full Discussion Thread for this article