Posted by: Birkhe_Maila September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल ठुल्दाई! त्यसोभए; कविता/सविताको चुल्ठो देखि सुरु गरेर पाउ सम्म पुग्छु है त! १) रातो चुरा पछि रातो सारि भन्न खोज्नु भएको होला साडि भएछ त्यसलाई सारि बनाउँदा कस्तो होला? २)"कस्ले भन्छे ...४० बर्षे थोते?" मा कसले 'भन्छ' भन्नखोज्नुभएको कि 'भन्छे' नै हो?? शायद स्त्रीहरुलाई भन्नुभएको होला! 3) जित्ने आश नगरि कसैले पनि तास खेल्दैन र नशाले नाश नगर्ने भन्ने पनि हुँदैन, तारेमाम्<।img src=/sajha/chat/smileys/m-smile.gif> समग्रमा भन्नु पर्दा उनको र तपाइँको बिभिन्नता तर पनि समानता मजाले लेख्नुभयो। तर पनि ४० बर्षे थोते आफैँलाई भनेको कि उनलाई भनेको प्रश्ट भएन! दोहोरि गाउने रहरलाई तास खेल्नु संग र रिती रिवाज मान्ने रहरलाई नशा पिउने रहर संग गरेको तुलना गजबको चलिआएको तुलना गर्ने तरिका भन्दा फरक लाग्यो। तर, रिती रिवाज मान्नु भनेको पनि केवल रहर हो भन्ने कुराको व्याख्या तपाइँको कविताले गर्यो! कविताको शिर्षक 'धर्म - कर्म' मा भने कविताले पुर्णतया न्याय गरेको पाइयो! तर पनि कविता पढ्दा उनको धर्म नै बिस्तारै कर्म बन्दै गएको र तपाइँको 'कर्म' नै बिस्तारै 'धर्म' बन्दै गइरहेको कुरा पनि खुल्न आयो! के कति साँचो कृपया प्रकाश पारिदिनुहोला! धन्यवाद्!
Read Full Discussion Thread for this article