Posted by: Deep September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
बुट्टे लुङ्गी माथि पहेंलो पटुकी कसेकी, कस्सेको चोलो तेस माथि प्वाँलोको माला लर्काएकी निधारमा सिन्दुरे टिका कानमा यार्लिङ्ग नाकमा फुली र बुलाकी लगाएकी हेर्दै स्वर्गकी परी जस्ती ठुली एका तिर चम्सुर पालुङ्गो अनि रायो लगायतका सागहरु र अर्को तिर मिलार राख्या खन्डेथाल गिलासहरु पछाडीको चुलोमा जिम्माल्नी ढिंडो ओडल्नी अनि जिम्माल भने झिगा धपाउने निउँमा ठुली तिर हेर्ने गरेको देखि सराप्न आँट्दा म दोकान तिर आउँदै गरेको देखी लाजले भुतुक्कै के भाकी थी ठुली -सुन्तले र भौतेले ए! ठुल्साहुनी, दुइ दुइ पिलेस ढिडो देउ त अनि ४ मुठा जति साग चैं टु गो गर्देउ भन्दा हुँदी बज्याहरुले भाँडीहाले अब के सुताई भो र भन्दै सपना हापेर उठियो गाँठे--
Read Full Discussion Thread for this article