Posted by: SurNaTal September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई। ढिँडो पकाउने तरिका। १) फलाम् को कराई मा ४ बहग् को ३ भाग् जति पानि हालेर उमाल्ने। २) पानि उम्लन थालेपछि कोदो, मकै वा गहुँको मसिनो पिठो पानिमा अलेली गरेर राख्ने। ३) अनि फलामकै दाबिलोले पिठो पानिमा घोल्दै जाने वा मस्काउदै जाने। ४) ढिदो अलिक् गुत्पाक् जत्तिको सारो हुन्जेल् पिढो थप्ने र मस्काउने क्रम् दोहोर्याई रहने। ५) अब तयार् भयो, गुन्द्रुक् मा चोब्दै खादै। खाने तरिका। १) दाबिलोले एक दल्लो ढिँडो थालमा हाल्ने। २) कचौरामा गुन्द्रुक् वा अरु झोल् वाला तरकरि वा दुध् वा दहि राख्ने। ३) हातले सानो सानो ढिँडोको दल्लो छुट्याउने। ४) कचौराको तर्कारीमा चोब्ने। ५) मुखमा हाल्ने, जिब्रोले एकैछिन् खेलाउने र स्वात्त निल्ने। ध्यान् दिनु पर्ने कुरा। १) धेरै तातो ढिँदोले तालु खुत्याउने प्रबल् सम्भवना हुन्छ। २) चपाउनु हुदैन, नत्र मुखै भरि अड्केर बबाल हुन्छ। ल enjoy गर्नुस्।
Read Full Discussion Thread for this article