Posted by: Deep September 4, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        
सम्बिधान सभा ले के गर्छ? राजा हटाउला। अनि के? राजा पछी के? यस्को बारेमा कसलाई थाहा छ? खाली सम्बिधान सभा सम्बिधान सभा भन्यो प्यारप्यार गर्यो तेत्ती हो। देसको तहस नहस भएको आर्थिक-सामजिक परीस्थीतीलाई कसरी सुधार्ने हो? तेस्का योजनाहरु के के हुन? कार्यान्वयनका पक्षहरु के कस्ता छन? तेस्को बारेमा जनताले जान्ने कैले? सम्बिधान सभा मात्रैले केई नी लछारपाटो लाउँदैन -- आउँछ जान्छ -- राजा र केही प्यार प्यारे नेता भनाउँदाहरुलाई बाहेक समग्ररुपमा देशका नागरीकहरुलाइ केही राहत हुन्न -- केही फरक पर्दैन। देशले धेरै नागरीकहरु गुमाई सकेको छ। ती मरेर जानेहरुले गर्ब गर्ने दिन आउला र? भन्न मुस्किल छ। देशमा आज हिंसा बोल्छ -- हिसा सुनिन्छ -- र त हिसा नै हाबी छ। एका तिर हिंसालाई बोलाएर कुर्सीमा राख्यो अनि अर्को तिर मर्नेलाई सहीद घोषणा गर्यो। के ताल हो यो? सित्तैमा ज्यान गयो मान्छे को -- भाषण गर्ने भातेहरुलाई निउँ भयो।
Read Full Discussion Thread for this article