Posted by: Nepal?? September 4, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        
बम पड्केको कुरा सुन्ने बित्तिकै मेरो पनि मनमा तुरुन्त कुरा आयो कस्ले गर्यो होला यस्तो भनेर, अहिले नेपालमा बम पड्काउदा कस्लाई फाईदा हुन्छ भन्ने कुरा मेरो विचारमा तल को ४ पाटो आउछ: १: सबैले तुरुन्त सङ्का गर्ने उही चिर परीचित ज्ञानेन्द्र कसैले असहमत हुनु नपर्ने कुरा के हो भने अहिले पनि नेपाली सेना पूर्ण रुपमा राजा प्रती बफादार छ। राजसंस्था नेपाल को पुरानो र शक्तिशाली organization हो। राजसंस्था र सेना को बिच को सम्बन्ध सेना को लागि पनि किन फलदायी छ भने एकातिर राजनीतिक पार्टी लाई जस्तो सयजना लाई चित्त बुझाउन र अर्को बर्ष कुन पर्टी आउछ र फेरी उस्को गुलामी गर्नु पर्ला भन्ने परिवर्तनशिल मालिकको चिन्ता नभएर सिमित मालिक अनी राजनीतिक पार्टिका स्कुलको पियन को जागिर देखी मेलम्ची सम्म को स्वार्थ को ठुलो परीधी नभएर राजा भनेको सिमित परीधी अनी सत्ता वचाउने र मोज गर्ने अनी राज गर्ने सिमित तर ठुलो स्वार्थ भएको ब्यक्ती जस्लाई जहिले पनि मोहरा बनाउन सकिन्छ सेना अवश्य तेस प्रती बफादारी र cooperation बढाउछ। यस्तो बेला बम पड्काएर हो चुनाव हुँदैन भन्ने भ्रम त फैलाउन सकिएला तर चुनाव धेरै टाढा भएकोले त्यो भ्रम धेरै दिन टिकाउन गार्हो पर्छ । अर्को कुरा कहिले पनि यस्त घट्ना घटाऊने तत्वले आफु पहिलो निशाना मा आउने र सबैले आफुलाई नै शन्का गर्ने काम गर्ला जस्तो लाग्दैन, तर यस्को मतलव उस्ले गरेन भन्ने ठोकुवा पनि नजावोस । २: माओवादी आफु चुनावमा गयो भने अहिलेको भोगिआएको ८० सिट पनि गुम्छ भन्ने निस्कर्श माओवादीले निकालेको र चुनाव सार्नु पर्छ भन्ने उस्को माग लाई बल पुर्यौनपुर्याउन बिगत देखी नै यस्ता कार्यमा अनुभवी अग्रगामी क्रान्तिकारी ले एसो नगरेहोलान भन्न सकिन्न । अर्को कुरा प्रत्यक्षदर्शिहरुका अनुसार पनि ति ब्यक्ती हरु मधेशका नभै पहाडी जस्ता नै हुन भन्ने बुझिन्छ। सेना ले राखेको हो भने यस्तो मामिला म एउटा सामान्य सिपाही लाई पठाउला जस्तो लाग्दैन किनकी उ माओवादी भन्दा पनि बढी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तर मा जवाफदेही संस्था हो। माओवादी जस्ता अदुरदर्शी अघिल्लो दिन माडी मा ३० जना मान्छे मारेर भोलिपल्ट माफि माग्दै छानविन गर्छम भन्ने गैर जवाफदेही कुरा गर्ने र २० थरिका कमिटी ले २० थरिका activities गर्ने संगठनले जे पनि गर्न सक्छ उस्को लागि गर्न हुने र नहुने भन्ने कुरा को लिमिट छैन, किनकी यस्को ठुलो जमात नेत्रित्व बाट सन्चालित छैन । ३: मधेशी आन्दोलन मधेशी आर्मी ले चितवन सम्म आएर आफ्नो activity सन्चालन गर्न सकेको छैन र आफ्नो ठाउँ मा पनि दिउसो मा तेस्ता कुनै फौजी कार्वाही गर्न सकेको छैन भने उस्ले काठमाडौ म त्यो पनि त्रिपुरेश्वर र बालाजु जुन उनिहरु को लागि सजिलो ठाउँ हैन रोज्ने थिएनन होला। अर्को कुरा उनिहरुले त्यस्तो काम राती मा सुरु गर्थे होलान । तर मधेशी पाटो लाई भारत्ले प्रयोग गर्यो भने यो पाटोले यसो नगरला भन्न सकिन्न। ४: भारत नेपाल को मामिलामा दुस्ट र दुरदर्शी रणनिती खेल्ने प्रमुख खेलाडी भारत हो। अहिले सबैका आँखा राजा र माओवादी तर्फ सोझिएका बेला आफु माथि कसैको सुइ नसोझिने अनी आफ्नो दिर्घकालिन रणनिती अनुसार यस् सानो देश को अर्थतन्त्र तहस्नहस गर्ने, बिदेशी माझ्को यस्को शाख गिराउने, पर्यटक आउन नदिने र सधैं आफ्नो पिट्ठु बनाइ राख्ने। ४ जना पर्यटक अपहरण हुँदा सिङो काश्मिर को पर्यटन तहस नहस भएको उस्लाई याद छ। तेसैले हल्ला को देश मा यस्त घटना घट्नलागे भने उभो लग्न लागेको अर्थतन्त्र फेरी खुस्किन्छ तस र्थ कुनै पनि बेला यो मुलुक लाई स्थैयित्व तर्फ बढन दिनुहुदैन भन्ने उस्को RAW को प्रमुख strategy हुन सक्छ। हाम्रो बिदेशिको अगाडि को साख कती घटिसकेको छ भन्ने कुर त केही बर्ष अगाडि ५-६ वटा European airlines ले नेपाल बाट उडान गर्दै आएको मा अहिले कुनै पनि European airlines ले नेपाल बाट उडान नगरने बरु नेपाल को ७०% भाडा आउने Delhi सेक्टर मा high competition भएको सेक्टर मा उडान म हात हाल्ने व्यबहार ले देखाउन्छ। त्यती मात्रै हैन भरत भएर यात्रा गर्नु पर्ने बाध्यताले लाखौं नेपाली हरु अनावश्यक रुपमा भारत लाई tax तिर्दै अपमान झेल्दै यात्रा गरिरहेकाछन। एउटा सामान्य कुराले भारत लाई कती फाईदा हुन्छ भन्ने कुराको उदाहरण हो यो। तसर्थ मेरो विचारमा बम को पछाडिक ४ पाटा यिनिहरु हुन । कुन पाटो ले आफ्नो क्रुर एबम नपुन्शक पापी पाटो यस् घट्नामा देखायो हामीले समयमा छुट्यौन सकौ।
Read Full Discussion Thread for this article