Posted by: SateLite September 4, 2007
"we cant forgive these... शत्रुहरु"
Login in to Rate this Post:     0       ?        
हाम्रा निर्दोष भविष्यहरुको अन्त्य गरेर राज गर्ने सपना देख्ने अपराधिहरु निर्दोष'Student'लाइ बमले उडायर मानवता बिर्सियका हाम्रा शत्रुहरु त्यो पापले तिमिलाइ पोल्नेछ ति भावबिह्वल आमाबाबुका आँशुले डुबाउनेछ अनि त्यो निर्जिव लाशले तिमिलाइ निदाउन दिने छैन कसरि सक्यौ होला कल्पनामात्र गर्न पनि एउटा गुडिरहेको बस उडाउने.. जहाँ दिनभरिको कामबाट फर्किरहेका गरिव हुन सक्छ्न जहाँ दुधे बालकहरु आमाको काखमा निदाइरहेका हुन सक्छन जहाँ प्रेमि-प्रेमिकाहरु संसार भुलिरहेका हुनसक्छन अनि त्यहि मोटरमा तिम्रै आफ्नाहरुपनि त हुन सक्छन कसरि सक्यौ निर्दोषहरुलाइ म्रितुको मुखमा हाल्न ति टुटेका सपनाहरु.. अनि बगेका प्रत्येक थोपा आँशुहरुले तिमिलाइ पलपल म्रितु दिनेछन तिमिलाइ आफ्नै जिन्दगिको बोझले बाँच्न दिनेछैन ति टुक्रामा बदलियका लाशहरुले..शान्ति दिनेछैनन तिमिहरुले आफ्नै आमा अनि बहिनि मारेका छौ आफ्नै दाजुभाइहरुलाइ..रगतको आहालमा डुबायका छौ सयौँ परिवारहरुमा आँधि लियर आयका छौ यो टाढाका ठाँउमा एउटा कठोर मनपनि धुरुक्क रुवायका छौ ति 'Piece'हरुमा बाँडियका आफ्नाहरुका लाश अनि ढलछेउमा पोखियका रगतहरु देखेर तिमिले आफ्नैबिरुद्द एउटा शत्रु कमायका छौ आफ्नै अन्त्यको नराम्रो इतिहासको सुरु गरिसकेका छौ कति दिन सक्छौ बाँच्न..निर्दोषहरुको रगतसहित एकदिन त बाहिर आउनेनै छौ कसरि देखाउनेछौ मुहार उनिहरुलाइ जसका सपनाहरुको हत्या तिमि गरिसकेका छौ धिक्कार छ ति आमालाइ..जस्ले तिमिलाइ जन्माइन 'Bus Stop'मा बम राख्ने तिमिजस्ता कायरहरुलाइ म चुनौति दिन्छु...मैदानमा आउने,अनि देखाउ आफ्नो पुरुषार्थ निर्दोष केटिको रगतमा आफ्नो साहस देख्ने तिमिजस्ता..कुपात्रहरु बृद्द आमाको म्रितुमा बिजय देख्नेहरु...धिक्कार छ तिम्रो जुनि एकदिन पाउनेछौ..अकल्पनिय अन्त्य तिमिलेपनि मात्र प्रतिक्षा गर ..आफ्नो घृणित 'Ending' को जहाँ तिम्रो लाशलाइ काँध दिनेहरु कोहि हुनेछैनन केवल थुक्नेछन मान्छेहरु...तिम्रो निर्जिव लाशमा पनि !! ****** The End**** ( dedicated to two lost lives in KTM bomb blast and to wounded people - sept 02,2007 )
Read Full Discussion Thread for this article