Posted by: khallid September 3, 2007
Indian Idol 3_Gala 11_update
Login in to Rate this Post:     0       ?        
प्रशान्त दार्जिलिङमा दार्जिलिङ, 'इन्डियन आइडल' को उत्कृष्ट तीनमा पुग्न सफल प्रशान्त तामाङ सोमबार गृहनगर आउँदा हजारौंको भीड लाग्यो । मुम्बईबाट सिलिगुडी हुँदै आएका उनको एक झलक पाउन घन्टौं टाढाका बस्तीबाट हूलका हूल शुभेच्छुक ओइरिएका थिए । उनलाई लिन दार्जिलिङ, सिक्किम, कालिम्पोङ, मिरिक, खरसाङबाट चार सयभन्दा बढी गाडीमा हजारौं फ्यानहरू शुभकामना नारा लगाउँदै बिहानै सिलिगुडी झरेका थिए । ट्याक्सीको हुटमा बसेर सिलिगुडीबाट उकालिइरहेका गायकलाई सयभन्दा बढी ठाउँमा रोकेर फ्यानहरूले फूल र खादाले स्वागत गरेका थिए । खरसाङ, सोनादा, घूम, जोरबंगला लगायतमा पनि फ्यानहरूको उत्तिकै घुइँचो थियो । उनीहरूले 'अबको इन्डियन आइडल प्रशान्त तामाङ' भन्दै उप|mीउप|mी नारा लगाइरहँदा प्रशान्तले पनि हुटबाटै 'म सक्दो प्रयास गर्नेछु' भनेका थिए । बाटाबाटामा फ्यानहरूको चापकै कारण सिलिगुडीबाट ७५ किमि पार गरी दार्जिलिङ आइपुग्न सात घण्टा लाग्यो । सोनी च्यानलका तर्फबाट कडा सुरक्षाबीच आएका उनलाई भीडबाट जोगाउन प्रहरी र स्वयंसेवक पनि मनग्गे खटेका थिए । अपराह्न चार बजेतिर प्रशान्तले दार्जिलिङ टेके पनि बिहान आठ नबज्दैदेखि बालबालिकादेखि बूढापाकासम्म व्यग्र थिए । चौरस्ता, सेन्ट रोबर्ट स्कुल, नर्थ पोइन्ट र चौकबजारमा आठ घन्टासम्म फ्यानहरू प्रतीक्षारत देखिन्थे । आफू पढेको स्कुल सेन्ट रोबर्टस् गएपछि उनी सात हजारभन्दा बढी शुभेच्छुकअघिल्तिर चौरस्ताको स्वागत कार्यक्रममा सरिक भए । उच्चपदस्थ व्यक्तित्वसहित ठूलो संख्यामा उपस्थित फ्यानलाई अभिवादन गर्दै प्रशान्तले जातीय भावनाले ओतप्रोत 'यो मन त मेरो नेपाली हो...' गाउँदा माहौल उचालिएको थियो । 'म तपाईंहरुकै घरगाउँको नेपालीको छोरोलाई विजयी गराउनुहोला,' मञ्चबाटै उनले हाँसीहाँसी भोट अपिल गरे— 'म तपाईंहरूले लगाएको गुन कदापि बिर्सने छैन ।' उल्लेख्य संख्याका पmयानबीच यसो भनिरहँदा उनको खुसी आँखाबाट झरिरहेको थियो । चौरस्तामै दार्जिलिङ गोर्खा पार्वत्य परिषदका तर्फबाट स्वागतमा मुन्धुम र सोरठी नृत्य प्रस्तुत भएपछि उनले तीनटा गीत गाए र भने- 'मलाई विजयको शुभकामना दिनोस् ।' चौरस्तापछि प्रशान्त नर्थ पोइन्टको कार्यक्रममा सहभागी भए । बिहानैदेखि प्रतीक्षारत हजारौं फ्यानअघि त्यहाँ पनि उनले केही गीत गाए । डम्फूको तालमा मौलिक पहिरन लगाएका पmयानहरूले स्वागत नृत्य प्रस्तुत गरिरहँदा उनले पनि झ्याम्टा बजाउँदै ताल मिलाइरहे । साँझसम्म कार्यक्रम दौडाहामा रहेका प्रशान्त सोमबार दार्जिलिङको डेरामा आमा, दिदी र हजुरआमासँगै बसेका छन् । 'इन्डियन आइडल' मै देखाइने प्रतिस्पर्धीका गृहनगरको झलक छायांकन गर्न सोनी टीभीले पठाएका उनी मंगलबार सिलिगुडी कोलकाता हुँदै मुम्बई र्फकनेछन् । Source : www.kantipuronline.com
Read Full Discussion Thread for this article