Posted by: Rahuldai September 3, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        

बम कस्ले पडकायो?
*******************
एउटै घट्नालाई बिभिन्न गुट, उपगुट, सेना, मेना ले जिम्मा लिनु नै ती जिम्मावारी लिने संगठनले त्यो आततायी घट्ना गरेका होइनन् भन्ने पुष्टि गर्दछ। २०४२ सालमा काठमाडौका बिभिन्न ठाउंमा खास गरी अन्नपुर्ण होटेल, सिंह दरबार्, नारायण हिटी दरबारका ढोकाहरुमा बम पड्काए। कथितक्रन्तिकारी राम राजा प्रसाद सिंहले जिम्मेवारी लिए। तर त्यो बम कसले पड्कायो किन पड्कायो भन्ने कुरा केही समय पछि नै छर्लङ्गियो। त्यतिबेला, नेपाली कांग्रेसले प्रजातन्त्रको पुनर्बहालीको लागि सत्याग्रह आन्दोलन थालेका थिए र करीब २० दिन को अन्दोलनमा २० हजार भन्दा कर्यकर्ताहरुले जेल भरि सकेको अबस्थामा अन्य रजनैतिक पार्टीहरुको नैतिक समर्थन मात्र होइन, सक्रिय सहभागिताको समेत कुरा भै सकेको हुंदा त्यतिबेलाका राजाले आफ्नो सिंहाशन हल्लिएको महसुश गरी सत्याग्रह भाड्ने अन्तिम अस्त्र प्रयोग गरेको जग जाहेर छ। फेरि यहा निर् प्रश्न उठ्ला, बम पड्किनु र सत्याग्रह संग के सम्बन्ध छ भनेर। हो, सत्याग्रह भनेको नागरिक असहयोग आन्दोलन हो र सत्याग्रह गर्दा निश्चित आचार संहिता पालन गरेका हुन्छन् नेता कार्यकर्ताले। र त्यो आचारसंहितामा देशमा कुनै किसिकम् को हत्या हिंसा र अरजकता भएमा तत्काल सत्याग्रह आन्दोलन स्थगित गरिने कुरा उल्लेखित थियो। बम पड्कियो, गणेशमान सिंहले सत्याग्रह स्थगित गरेको घोषणा गर्नु भयो। यसरि बम ले त्यो आँधी बन्न लागेको हुरीलाई बिचबाटैमा रोकि दियो।
केही निर्दोष जनताको बली चाढाएर राजाले आफ्नो सिंहाशन बचाए।


हिजो को बम पनि त्यस्तै घट्ना हुन सक्छ भन्ने मलाई लाग्दछ।
कान्तिपुर दैनिकको समाचार पढ्नु भएकै होला।
"त्रिपुरेश्वर घटनाका प्रत्यक्षदर्शी सितु जोशीका अनुसार सेतो ट्याक्सीमा आएका चार युवकले कलंकीतर्फ जाने सडकको बिसौनीनजिक कालो झोला छाडेर गएका थिए ।
आँखा जाँच गरी र्फकंदै गरेकी जोशीका अनुसार ती अज्ञात युवक झोला राखेर लगत्तै तितरबितर भएका थिए । 'चिया खाँदै थिएँ, केही केटाहरूले झोला बोकेझैं गरे, केही भाडा तिर्न लागे । एकाध मिनेटमै पड्किहाल्यो ।' उनका अनुसार गोेरो वर्णका चारै जनाले मसिनो कपाल काटेका थिए "

गोरो बर्णका मसिनो कपाल काटेका भन्नाले निश्चित बर्गलाई इंगित गरि सकेका छन।'
तराइका आन्दोलनकारी भनिएका कथित्त जिम्मेबारी लिने संगठनहरुका ब्यक्ति हरु नहुने धेरै संभावना छ।
संबिधान सभाको चुनाव बिथोल्न यस्ता अनेक प्रयास हुने छन्। गौर घट्ना त ट्रेलर मात्र थियो।, काठमाडौको यो घट्ना प्रमो मात्र थियो।
अझै घट्ना गर्ने छन।
स्पष्ट छ, संबिधान सभाको चुनाव को को चाहदैनन्?
दरबार त तलबार
त्यसैले त्यो बम पड्काउने काम सेना ले गरेको पक्कै हो।
तराइ सेना, शिब सेना, जनमुक्ति सेना ( माओबादी) वा शाही सेना मध्य एक ले गरेका हुन् , कस्ले पत्ता लगाउने जिम्मा तपाइको।
जस्ले गरेको भए नि मानवता बिरोधी जघन्य अपराध हो। त्यसको जति निन्दा गरे पनि पुग्दैन।

Last edited: 03-Sep-07 11:23 AM
Read Full Discussion Thread for this article