Posted by: gahugoro September 3, 2007
Gyane strikes......
Login in to Rate this Post:     0       ?        
जिम्मेवारी लिनेको होड अपराह्न चार बजेर १० मिनेट जाँदै थियो, नेपाली सेनाका सिपाही चतुरबहादुर नेपाली हेडर्क्वाटरबाट बाहिरि“दै थिए । साथमा थियो एउटा झोला, त्यसमा के थियो - प्रश्न अहिले गम्भीर बनेको छ । चतुरमान सैनिक मुख्यालय र महानगरपालिकाको कार्यालय अगाडिको सडकमा आउनासाथ भयानक विस्फोट भयो । त्रिपुरेश्वर र बालाजुमा त्यही समयमा भएका घटनामा धेरै घाइते भए, तर सुन्धारामा भएको विस्फोटमा उनी मात्रै घाइते भए । प्रत्यक्षदर्शीले त भनेका छन्, 'बम उनकै हातमा थियो ।' वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएकाले उनीस“ग प्रतिक्रिया लिन सम्भव भएन । सेनाले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उता गृह मन्त्रालयले भने घटनामा सेनाका सिपाही चतुरबहादुर घाइते भएको पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले जसलाई बमसहित देखेका थिए, उनको कुनै प्रतिक्रिया छैन । तर, आशंका नै नगरिएका र कहिल्यै चर्चामा नआएको समूहहरू भने बम विस्फोटको जिम्मेवारी लिने होडमा लागेका छन् । त्यस्ता समूहले सञ्चारमाध्यमको कार्यालयमै फोन गरेर घटना आफूले गराएको दाबी गरेका छन् । घटनालगत्तै विभिन्न ठाउ“मा फोन गरेर तर्राई आर्मीका कमान्डर 'मिस्टर जोन'ले जिम्मेवारी लिएको दाबी गरेको थियो । तर, सो संगठन र मिस्टर जोन अहिलेसम्म चर्चामा थिएनन् । जोनले तीन महिनाअघि रौतहटको चन्द्रनिगाहपुरमा बम विस्फोट गराएको दाबी गरेका छन् । त्यस्तै डेढ महिनाअघि रौतहटकै गरुडास्थित कृषि विकास बैंक लुटेको पनि उनले बताएका छन् । उनको दाबीबारे थप जानकारी लिन नया“ पत्रिकालेे उनलाई सर्म्पर्क गर्ने प्रयास गरेको थियो । तर, उनको मोबाइल नम्बर ९८४४०३२७५८ थियो । त्यस्तै, तर्राई उत्थान संगत नामको अर्को समूहले पनि विस्फोटमा आफ्नो हात रहेको दाबी गर्दै विज्ञप्ति जारी गरेको छ । आफूलाई संगतको उपँध्यक्ष बताउने बरुण यादवले घटना सैन्य कमान्डर सिकन्दर बाबाको नेतृत्वमा गराइएको दाबी गरेका छन् । उनका अनुसार रसवान मधेसी संगतका अध्यक्ष हुन् । त्यतिमात्र होइन, गोरखा मुक्तिमोर्चा नामको अर्को संगठनले पनि बम विस्फोट गराएको दाबी गरेको छ । आफूलाई संगठनको नेता बताउने एकजनाले सञ्चारमाध्यमहरूमा फोन गरेर भन्दै थिए, 'हाम्रो कार्यालय गोरखामा छ । यसको जिम्मेवारी हामी लिन्छौं ।' http://www.nayapatrika.com/aaa-1.php
Read Full Discussion Thread for this article