Posted by: Rahuldai September 2, 2007
बिश्व निकेतनका बिद्यार्थीहरु र बम बिस्फोटन
Login in to Rate this Post:     0       ?        
हुन त आज को बम बिस्फोटन सभ्य समाज र निर्दोष जनता माथी बरबर् र पाशबिक आक्रमण हो। आतंकले राज गर्छु भन्ने दिवास्वप्न बोकेका जल्लादहरुको काम हो। बिश्व निकेतन की छात्रा अनिता के सी को के दोष थियो, गरिबीको कारण सरकारी स्कूलमा पढेर धुमिल आकाशमा सुनौला क्षितिज कोर्ने जमर्को गर्नु? अनिता के सी को हत्याको निन्दा जति गरे नै पुग्दैन। बिश्वनिकेतनका मित्रहरु म्रितक के सी र घाइते अन्य भाइ बहिनी हरु प्रति हार्दिक समबेदना तथा सीघ्र स्वास्थ लाभ को कामना गर्दछ। बिश्व निकेतन माथी काठमाडौं मा भएका कहाली लाग्दो त्रासदीहरु बर्सेको पहिलो पल्ट होइन। २०४४ हो ४५ सालको रंगशाला काण्डमा पनि बिश्व निकेतनका केही कर्मचारी एवं बिद्यार्थिहरुले अकालमा ज्यान गुमाएका थिए। आज फेरि आतंककारीहरु को शिकार बिश्वनिकेतनका बिद्यार्थीहरु परेका छन्।
Read Full Discussion Thread for this article