Posted by: Poonte September 1, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
उक्किएका सात कुखुराको वक्तव्य कुकुरीऽऽऽऽऽऽऽऽ काँ! मिति सन् २००७, अगस्त ३०, बिहिबारका साँझ, भोलि (शुक्रबार) बिहान हुने बार्षिक "कुकुरे बास प्रतियोगिता" कार्यक्रमको अन्तिम योजना तयारी वापत चौतारी गाउँका सम्पुर्ण जनकुखुरे समुदायको भेला गरि, बिदेशबाट अमुल्य मोल तिरि झिकाईएका कुखुरे पौष्टिक आहारका साथ रमाईलो गर्दै थिएम्। चौतारी गाउँका गन्य मान्य मनुष्य जाति प्रति कुनै पनि किसिमका हानी नपुग्ने गरि हामी कुखुरे समुदाय आफ्नै रमझममा व्यस्त थियौं। एक्कासि ४-५ जना तन्नेरी अल्लारे मनुष्यहरु, पाखुरा बट्टार्दै, गर्धन फुल्लाउँदै, हाम्रो हुलमा पसि, हाम्रो शान्तीपूर्ण रमणिय जमघट बिथोल्न थाले। केही बीर कुखुरा बन्धुहरुको बहादुरी ठुङ्ग्याईको बाबजुद, ति तरुण मनुष्यहरुको जंगली व्यवहार रोक्न हामी असफल रह्येऊँ। सो भिडन्तमा ज्यान गुमाएका हाम्रा बीर कुखुरे बन्धुहरुको आत्माको चिर शान्तीको कामना गर्दछौं। हामी सात भाई कुखुरा सो भयावह भिडन्तबाट बाल बाल बचेर उम्की, अहिले एक गोप्य कुखुरे बङ्करमा, पुरा ३ महिनाको आहारा सप्लाईका साथ लुकेर बस्न बाध्य भएका छौं। यस्तो त्रासित वातावरणमा, हामी बाहिर निस्कि, हरेक बिहान बासेर चौतारी गाउँको सेवा गर्न असमर्थ रहनु स्वभाविकै हो। ति राक्षसी तरुण मनुष्यहरु हामी असक्षम कुखुराहरुलाई चोरी, भाले जतिलाई मारी खाने, पोथीहरुलाई पाल्ने गरेका पनि सम्पुर्ण मानवीय दया रहेका चौतारीबासीहरु प्रति यही वक्तव्य मार्फत जानकारी दिन चाहन्छौं। खुला, सुरक्षित वातावरणमा पखेटा फुराउँदै आफ्नो कुखुरे जीवन जिउन पाउनु प्रत्येक कुखुराको कुखुरे अधिकार हो। सो अधिकार हनन गरिने कुनै पनि प्राणीको धूर्त लक्ष्य अपराधिक मात्र नभएर, सरासर निरंकुश तथा दैवको श्रृष्टी बिरुद्द अघोर पाप हो। सरकार तथा विभिन्न कुखुरे संगठनका प्रतिनिधिहरु वीच चलि रहेको वार्ताले शिध्र कुनै समाधानको तय नगरीएमा, हामी सात भाई भगन्ते कखुरेहरु आफ्नो हैसियतले भ्यासम्मको त्रास मनुष्य जातिमा पनि फैलाउने चेतावनी दिन चाहन्छौं। यसै तयारी क्रममा हामी सात भाई कुखुरे यस गोप्य बङ्करमा पहिल्यै भित्र्याईएका सियो, जस्ता, पाताका टुक्रा टाक्री उचाल्दै पखेटा दह्रो बनाउने प्रतिवद्धता कायम राखेका छौं। साथै, परिआएमा एक ठुङ्याई मै शत्रुलाई ठहरै पार्न, हामि आ-आफ्ना ठुङ्ग तिखार्दै पनि छौं। शान्तीपूर्ण मेलमिलापको आह्वानलाई उचित ध्यान नदिएमा, सम्पूर्ण मानवजातिको सत्यानाश हुने गरि, हाम्रो अन्तिम संघर्ष स्वरुप, WMD (Weapons of Mass Destruction) "बर्ड फ्लु" फैलावट योजना पनि हामीले तय गरेका छौं। ति तरुण राक्षसी मानवहरुको आक्रमणबाट बच्न पुग्नु भएका हाम्रा समपूर्ण कुखुरे दाजुभाई,दिदी बहिनीहरुलाई, पहिल्यै दिईएको गोप्य कोडहरु प्रयोग गरि यही बङ्करमा सावधानी पुर्वक आईपुग्न हुन पनि हामी सल्लाह दिंदछौं। कुक कुक कुक कुक कुकुऽऽऽऽऽऽऽऽऽक्वाँक माई की, जय!!!! कुखुरेमाम्! श्री कुखुरेश्वर भाले सिंह टोली नेता cc: Mr. Purdue, Global Federation of Poultry Society
Read Full Discussion Thread for this article