Posted by: Birkhe_Maila August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
लोल!! दीपो को लिस्ट!! छाप्दा छाप्दै नेपाली कुखुरा सङ्घका अध्यक्ष श्री रातोभाले नापितले बिगतको कुखुरे आन्दोलबाट बिस्थापित आफ्ना कार्यकर्ताहरुलाई सुबिधायुक्त खोरको ब्यबस्था हुनु पर्नेमा जोड दिनुभयो भने नेपाल कुखुरा हक हित सङ्गठन एकिकृत मार्क्सबादी लेनीनबादीका अध्यक्ष श्री चु्च्चेसिउरे स्थापितले स्वयँ आफू स्थापित नै बिस्थापित हुने अवस्थामा नापितका कार्यकर्तालाई स्थापित गर्नखोज्नु अत्यन्तै गाह्रो कुरा भएको बताउनुभयो। चुरे भवर कुखुरा समाजका महासचिव श्री ब्रोइलर ठाकुरले भोजनको लागि ज्यान आहुति दिने सम्पुर्ण कुखुराहरुलाई शहिद घोषणा गर्ने सरकारको निर्णयको स्वागत गर्दै आफ्नै भुँडिमा माल्यार्पण गर्नुभयो। किन यस्तो गर्नुभयो भन्ने प्रश्न गर्दा वहाँले बताउनुभयो कि लगभग पाँच सय कुखुरा त यो बर्ष वहाँकै भुँडि भित्र शहिद भएकोले सबै भन्दा उपयुक्त ठाउँमा माल्यारपण गरेको कुरा भन्नुभयो।
Read Full Discussion Thread for this article