Posted by: Nepe August 31, 2007
छोरीको झोलामा
Login in to Rate this Post:     0       ?        
हो, मन छुने कविता । मनमा टाँसिएको, अकाल्पनिक कथाको कविता प्राकृतिक रुपले नै मन छुने हुन्छन् । तर शिरीषको शैलीले यसमा बेग्लै जीवन्तता थपिदिएको छ । छ नि, व्यावसायिक नेपाली प्रेमगीतहरुका, खास गरेर अचेलका, शब्दहरु पढ्दा मलाई सधैं जिन्दगीमा कहिले प्रेम नगरेकोहरुले जबर्जस्ती प्रेमको वर्णन गरेको अभ्यास जस्तो लाग्छ । तीनमा वर्णित प्रेमहरु प्रेमभन्दा कताकता टाढाका, अपरिचित, खण्डित लाग्छन् । हाम्रा प्रेमगीतकारहरुले प्रेमको अनुभव नै नगरेका होलान् भनेर शंका गर्नु त शंकाको हदै हो, तर साच्ची मलाई त्यस्तै लाग्छ । ब्याक टु शिरीषको कविता, ल हेर कति जीवन्तता त्यसमा, कति गति त्यसमा, कति लय त्यसमा ! अनुभूतिको कविता जो हो । Sangfroid को टिप्पणीबारे चाही ‘लाईफ सेभर क्यान्डी’ को जबर्जस्ती अनुवाद वा झर्रो समानार्थी फ्रेज खोज्दा कृत्रिम प्रतित हुन्थ्यो कि जस्तो लाग्छ । हुन त बेलाबखताँ म पनि जबर्जस्ती अनुवाद गर्दछु । एक ठाउँमा ‘tread-mill’ लाई ‘धावन-पेटी’ भनेको छु । एउटा निर्माणाधिन शेरमा ‘down payment’ शब्द छ । यसलाई ‘झरल भुक्तानी’ भनिदिएको छु । कस्तो सुनिन्छ कुन्नि ? अन्त्यमा, शिरीषलाई बधाई, आफ्नो एक precious क्षणलाई यति सुन्दर उपहारको रुपमा साझावासीलाई पस्केकोमा । Nepe
Read Full Discussion Thread for this article