Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
कुखुरा चोर बारे थप जानकारी!
हिजो यस चौतारी टाइम्समा प्रकाशित कुखुरा चोर सम्बन्धी समाचार प्रकाशित भए पछि चौतारी सरकार र सम्बन्धित् कुखुरा चोर संगठन बीच पर्चा, बिज्ञपतिबाजी तीब्र भै भयन्कर भिडन्तको संकेत मिलेको छ। कुखुरा चोर संगठनका स्वयं घोषित अध्यक्ष श्री हरि प्रसाद खा छ्यों ( कुखुरा टाउको) ले बिज्ञप्ती जारी गरी आफूहरुलाई कुखुरा हराएको संग नाता जोडेर चरित्र हनन् को आरोप लगाउनु भएको छ भने उता चौतारि सरकारका चौतारी धागो अधिकारिको (प्रचौधाअ) कार्यलय का प्रमुख श्री बिर्ख नाथ अधिकारीले सूचना प्रकाशित गरी कुखुरा कर्फ्यु लगाएको घोषणा गर्नु भएको छ। कुखुरा चोर संगठन र सरकार बीच भएको उक्त युग्दमा कसको जीत हुन्छ हेर्नै बाकी छ। कुखुरा कर्फ्यु समय मै कुखुरा हराउन थाले भने दोष कसको हुने भन्ने बारे चौतारी गाम भरि बहस सुरु भएको छ।
हामीलाई के लाग्दछ भने यो संक्रमण काल र परिस्थितिको जटिलतालाई मध्य नजर गर्दै, तटस्थ पर्यबेक्षण गराउन अन्तराष्ट्रिय संघ संगठनलाई आग्राह गर्न ढिला गरिनु हुदैन। यसो भएमा सिङो चौतारी समुदायलाई नै नाफा हुने छैन।
Last edited: 31-Aug-07 03:52 PM
Read Full Discussion Thread for this article