Posted by: BKMailo August 31, 2007
SOMETHING SERIUOS (SS)!!!!
Login in to Rate this Post:     0       ?        
बीच आकाशबाटै विमान फर्काइयो काठमाडौं, भदौ १३ - विद्युत् सर्किट खराबीले पाँच दिनदेखि थन्किएको नेपाल वायुसेवा निगमको जहाज बिहीबार हङकङ उडे पनि प्राविधिक समस्याले गन्तव्य पुग्न सकेन । विमानका १ सय ४२ यात्रु भने विमानस्थल र्फकंदा खुसीले ताली पड्काइरहेका थिए । भर्खरै मर्मत गरिएको बोइङ ७५७ मा प्राविधिक खराबी आएपछि उडेको एक घन्टामै काठमाडौं फर्काइएको हो । उड्दाउड्दै 'एन्टी-आइसिङ' उपकरणमा समस्या आएको चालक दलका प्रमुख आरबी श्रेष्ठले बताए । उनका अनुसार करिब ३१ हजार फिट उचाइमा पुगेपछि यो समस्या देखिएको हो । 'त्यतिखेर हामी विराटनगरमाथि थियौं । जहाज बादलभित्र छिरिरहेको थियो । बाह्य तापक्रम कम हुने ठाउँ आएकाले हामीले एन्टी-आइस इन्जिन चलायौं । तर काम गरेन,' उनले कान्तिपुरसँग भने- 'तत्काल जहाज फर्काउने निर्णय गर्‍यौं ।' पाइलटहरूले मंगलबार यो जहाज उडाउन मानेेका थिएनन् । Here is more: http://kantipuronline.com/kolnepalinews.php?&nid=121010
Read Full Discussion Thread for this article