Posted by: Deep August 30, 2007
Login in to Rate this Post:
0
?
"तेइ त दिप जी, तेतिबेला भुँइचालोले भत्काउन लाई घर ते थेनन तर त्यो खेतमा ला'को धानको बोट हल्ला'र सप्पै फलेको धान झारिदियो, मान्छेहरुले त्यो साल राम्ररी भात खान नपा'र बबाल, मेरो कुखुरा हरुलाई मोज। दिनभरी खेत्मा छोड्द्यो, झरेको धान ठुँगेर मलाई दाना किन्ने झन्झ्टबाट एक बर्ष छुट्टी। "
ए ल बल्ल अब कुरो बुझ्दै छु -- भुँईचालो अब माघाँ गो अनि बैशख तिर हो केरे भक्तेको ब्या गर्या -- अर्को नाति भक्ते भन्या -- माइलो को जेठो --हो तेइ बैसाखको दिन साँझ पनि पर्या छैन गर्मि नै छ -- जिम्माल ओढने ग्वम्ल्याङ्ग ओढेर आउँदै रछन --कैले हिन्छन कैले कुदछन -- के भो ए जिम्माल- यो गर्मीमा ओढ्ने ओडेर कता नी च्याप्या झै गरी? भनेर सोध्या --- मैले के च्याप्या कुरो गर्या उन्ले के च्याप्या बुझेछन --त्याँ खेतभरी बेबारीसे रछन अनि --फिस्स हाँसेर ओड्नीबाट कुखुरा पो झिक्याथे -- तेस्तो दुई चार चोटी गर्या देख्या थेँ --