Posted by: shirish August 30, 2007
छोरीको झोलामा
Login in to Rate this Post:     0       ?        
Yesterday was the first day of my daughter’s school. Her teacher gave her some gifts with few words for what they meant and reminds. It touched my heart so I tried to write a poem based on that. I do not write poems that often so please correct me. छोरीको झोलामा सबेरै मस्त सुतिरहेकी छोरीलाई ऊठाउंदै भनें उठ - आज तिमी फेरि पाठशाला जादैछौ ! बाबाले तिम्रो झोलामा जिन्दगी जस्तो रातो, नीलो, सेतो, कालो रङ्गीन फाईलहरुको थुप्रो राखी दिएको छु – ता कि आफ्नै खुट्टामा टेकेर तिमी - रातोमा साहस लेख्न सकौला - नीलोमा शान्ती देख्न सकौला - सेतोमा ईन्द्रेणी भर्न सकौला - कालोमा सेतोले भबिष्य कोर्न सकौला ! केहि थकाबत जस्तो केहि उत्साह जस्तो अल्छी गर्दै ऊठिन् तिनी स्कूल जान ! सांझ फर्किईन् घरमा मुस्कुराउंदै छोरी, फाईल जति पाठशालामै राखि छे , बरु गुरुमाले दिनु भएको सानो थैलीमा एक-एक बटा पेन्सील, ईरेजर, धागो, रबर ब्याण्ड, ब्याण्ड-एड, चकलेट, टिस्यू र लाईफ सेभर मिन्ट ल्याएछन् ! उनी दोहर्याउदै गईन् – गुरुमाले भनेका कुरा बाबा – यो पेन्सीलले म सपना कोर्छु यहि क्रममा म जानाजानी गल्ती गर्दिन तर कहिले कांहि भई हाले, कुनै होसमा राखेर फेरि दोहराउदिन त कुनै यहि बिबेकको ईरेजरले मेट्ने छु ! लन्च बक्स जस्तो जिन्दगीमा संधै भरि मीठो खान पाईदैन होला ! कहिले तीतो पनि खानु पर्ला, त्यति बेला मुख मीठो पार्न सानो मूस्कानको गुलीयो चकलेट खानु पर्ला ! अप्ठ्यारो लामो बाटो हिड्नु छ, धूलो माटोमा खेल्नु छ, सीधा बाटोमा त लडिन्छ – सम्हाल्दा समाल्दै धाउ लाग्छ पक्कै, पोल्ने अल्कोहोलले ईन्फेक्सन रोकी म आत्मबिश्वासको ब्याण्ड-एड लगाउछु ! बुझ्नु भो बाबा – त्यो धागो सुनको धागो हो शत्रु मित्र सबैलाई म उत्तिकै नजीकै बांधेर राख्ने छु ! यो टिस्यू छ नि बाबा- आफ्नै गालामा आंसु चुहिए भिजाउनको लागी हो, ताकी म अरुको आंसु पनि देख्न सकुं, बुझ्न सकुं र पुछ्न सकुं ! लाईफ सेभर क्याण्डी गुरुमाले पठाएको निमन्त्रणा हो – तनाबहरुमा, दबाबहरुमा, खुशीयालीहरुमा जब मलाई मनको कुरा खोल्न आबश्यक पर्छ तिनी छिन् भन्नलाई !
Read Full Discussion Thread for this article