Posted by: chipledhunga August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
सानेपाको निक्कै कुरो भैरहेको रहेछ आफू भने ब्यस्त। कुरो सुन्दा त ग्वाँचे पनि म भन्दा २ पुस्ता अघिको जस्तो छ नि। ( कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो।) अन्तरेले भनेको पसल चाँही त्यो चौतारा अघिल्तिरको पहेलो घरको हुन पर्छ। त्यो बेला त्यही दुई चार पसल त थिए नि। पाउरोटी (हिमाली) र दुध किन्न भाईकृष्ण दाइको पसल पुग्न पर्थ्यो। कोकाकोला किन्न छेवैको राम दाईको पसल। फ्रीज भएको अर्को कुनै पसल थिएन। भाईकृष्ण दाईको पसलको छेवैमा पछि एुटा अर्को पसल खुल्यो (२०४२ सालतिर होला)। साहूजी शायद भक्तपुरे नेवार थिए होला, ठिमीलेको पसल भनिन्थ्यो त्यो पसललाई। चौतारीको अली तल अर्को एुटा सानो पसल थियो। किरण भवन जाने मोडमा एुटा मासु पसल अनी अर्को किराना पसल थियो। होचो कदकी साहूनी भएकोले डल्लीको पसल भनिन्थ्यो। मट्टितेल किन्न त्यही जानु पर्थ्यो। शुभतारा स्कुल जाने मोडमा रामहरी दाइको पसल थियो। मेरो घर जाने पनि त्यहीँबाट भित्र हो। ग्वाँचे र अन्तरेको चाँही कता पर्‍यो नि?
Read Full Discussion Thread for this article