Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
अहो ठुल्दाईले सम्झाउनु भो ल। उतिखेर यो खानेपानी संस्थान हरु थेनन् केहि नि, हरेक घराँ ईनार हुन्थे, ईनारकै पानी खाइन्थ्यो। गाई बस्तु नि हरेक घराँ हुन्थे। घर् अगाडि नरकट र क्यात्तुके घारी जताततै, स्याल कराउनि तेतैतिराट हो। अनि नुहाउन चाँहि राजतिर्थै पुगिन्थ्यो। कुच्चेका सिलावरका गाग्री थोर, मुन्छे धेर हानथाप गर्न गर्न पर्नि नुहाउन, तर पानी जिउमा पर्दा भनि सब बिर्सिनि आहा, अहिले नि सन्च हुन्छ सम्झिँदा।
Read Full Discussion Thread for this article