Posted by: PallaGhareAntare August 30, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
हो त नि जिम्माल बा। चौताराँ उभिएर हेरो भने तलतिर कालो पुल, टेकु सम्मै छ्यांग्छ्यांगति देखिन्तो, मास्तिर झम्सिखेल्, तो अहिले ग्यानोदय भाको शान्तभवन तिर जम्मै फाँटै फाँट त थियो नि। शान्त भवनाँ अझै हस्पिटलै थ्यो, ग्यानोदय इस्कूल चाँहि यता झम्सिखेल चोक तिर कतै थ्यो, त्याँ नि पढियो एक् दुइ बर्ष्, सानो घराँ चलाँउथे उतिबेला। पिच बाटो कतै थेनन, हिलाँ लड्दै पड्दै इस्कूल पुगिन्थ्यो। बागमतिमा कालो पुल मात्तै थ्यो। खोलो दुबै तिर वारपारै बग्थो, अहिले पो पुरिएर भकुन्डो खेल्नि मैदान बनाईसके, आफु त्यो राजतिर्था छेउतिर पौडि खेलिन्थ्यो बागमतिमा, हाम्रा पालाँ अहिले जस्तो काँ हो र?
Read Full Discussion Thread for this article