Posted by: Deep August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
गाईआत्रा त गाईआत्रा हेरी एउ फेर अह्तो पर्या ह आहुलाई -- दारेलिङ्गबाट आम्दै गर्या है एउटा पासा र म-- काउरभिट्टा बाट उम्किदा उम्किदै म राम पासा दुन गिलासाँ -- हेरी के भो के भो ईटरी नाहेसी त पासा पन्चट भा पाउँरो अस्तो भो -- पोल्यो पोल्यो छाती पोल्यो पेट पोल्यो भन्छ बालुबामा माछा जस्तो गर्छ मुख छोडछ --- कोसी ब्यारेज हेर्छु भन्थ्यो तीँ झारेर पोल्नु पर्ने हो कि जहतो भो -- मुख फेरी छोडेर छोडेर प्याहेन्जर डाईभर खलाँसी जम्मै बिच्केर छुट्टी -- तेई दुई गिलाहैले माई त यहतो नहुनु पर्ने भन्छु म तर पासा सिध्धेला जहतो गर्छ। कोई अहपताल लैजा लाहानाँ भन्सन कोई ओराल इनेरलाई हीँ ओराल भन्छन -- लाहान नेर नेर आएसी पासा अलि मत्थर् भो -- भात नहानी म दई रोटी हानी भन्यो --- म भात हान तिर लाईँ उ रोटी खान अन्तै लाओ। डाईभर पासालाई लान्न भन्छ -- मैले अब मनपरी बोल्दैन भनेर सम्झाएँ पासाले नी मरीजाउँ बोल्दीन चुरीया माई भस्म थप्यो। टरकाँ देहेस के रे "चुरिया माई कि जय"। अब हैटौडामा मकै र ब्लेन्डराँ घोल्या कफी थप्नु पर्छ भन्दै बाटो लागियो। मटर अलिबार गुडेसी त पासा फेरी छटपटायो --- मुख त फेरी उही हो -- मेरो त पासा अब --- सुनी नसक्नु गर्यो कैले कैले त। जउँगलाँ जादै थिम के रे पासा मटर रोक मटर -- बाथरुम जानु पर्यो भन्न लायो। एउ त जउँगलको बाटो तेहमाथि पासाले कुन भन्या मान्या थ्यो र -- अब हेटौडामा जानी हेटौडामा खलासीले बेबास्ता गरेर भन्यो। पासाले झ्यालै बाट निकाल्यो मुखबाट निकाल्ने जती। तेसपछी पासा निदायो -- म नी सुतेँ --- ड्याम्म! आबाज आयो -- बस रन्थनियो -- पासाले एक्कैचोटि भन्यो हान्यो डाँकाले गोली। खैला बैला भो -- बस रोकियो --रातीको झन्नै एघार बज्या रे छ। जउगल सुनसान छ -- पन्चट भा रे छ पाउँरो। खलासीले पाउँरो फेरुन्जेल् पासा डाँकाको कुरा गरेर बस्यो -- अनि ए! म नी एई बेलाँ पेट खाली गर्नु पर्‍यो भनेर हिन्यो पासा खलाँसी पाउँरो फेरी सकेसी-- खलासी रिसायो -- म उस्लाई लिन गएँ, बस यता कुदायो अब भो की! आधा राताँ जउँगलाँ परेन फसाद? कति कराउदै कुदनु? दुई किलोमिटर पर लगेर रोक्यो वस --रीस फेर्या होला-- आधाराताँ दुईकिलोमिटरको नाईटवाक गरीयो पासाको सङगतमा।
Read Full Discussion Thread for this article