Posted by: Birkhe_Maila August 29, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
यस्तो किसिमको ढिलो पनि हुँदोरहेछ! :) -अनमोलमणी पौडेल पीर मनमा बढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पर्थ्यो तिमी डोली चढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पर्थ्यो के लेख्यौ त्यसरी मेरो मनै कुँडिने गरी मेरो मनै दुख्यो तिम्रो चिठी पढेपछि यस्तो लाग्यो तिमी मेरो हुनु पर्थ्यो जतनले राखेथेँ कुन पापीले जलाई दियो त्रि्रो तस्वीर तिम्रो तस्वीर डढेपछ यस्तो लाग्यो तिमी मेरो हुनु पर्थ्यो खिलै नपुरिने यस्तो घाउ बन्यो मनमा तिम्रो सम्झनाको सम्झना यो गढे पछि यस्तो लाग्यो तिमी मेरो हुनु पर्थ्यो हे हे हे अनि यस्तो नि भेटिँदोरेछ! -शिरीष सिंह फैसलै लेखिएको रहेछ फिरादमा ! मिति नाध्यो तामेल गरेकै म्यादमा ! मुस्कुराउनेहरु छन् मेरो फसादमा ! खित्कै छाडी हास्ने होलान् बरबादमा ! समबेदना छाप्न तैयार भैसक्यो रे ! बिषादी छैन कसरी भन्नु प्रसादमा ? निष्कर्ष निकाल्ने निर्णायक हजार बिना बिषय बस्तुको बादबिवादमा र यस्तो अप्ठ्यारो पनि पर्ने रहेछ जीवनमा! -सप्रेम अर्चना म जिन्दगीको छु अर्थ सोध्दै तिमी हजारौँ किताब दिन्छौ ‘दिएँ कथा यो पढेर बुझ्नु’ भनी अनौठो जबाब दिन्छौ म प्रीति गङ्गा तरेर आएँ सुवास आफ्नो छरेर आएँ पवित्र माया तिमी मनैमा लुकाऊ भन्ने दवाब दिन्छौ मबाट टाढा नभाग साथी रुनेछु एक्लै म सम्झनामा उसै त साह्रै थिएँ बिरामी तिमी त्यसै झन् तनाब दिन्छौ म कल्पनागर्छु मख्ख पर्दै तिमी मलाई अँगाल्न थाल्छौ र, कल्पनामै मुसुक्क हाँसी स्विकार भन्दै गुलाब दिन्छौ तन्नेरिका गजलहरु दा----मी लागे!! www.tanneri.com
Read Full Discussion Thread for this article