Posted by: Birkhe_Maila August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बुधबारे जदौ! सबैलाई! ग्वाँचेले पुरानो कुरा राखेर मलाई एउटा कुरा याद आयो! हाउँरो तो गोर्खापत्रमा आउँछ नि के जाति "७० बर्ख भन्दा अगाडिको गोर्खापत्रबाट" भन्ने! हो तेस्तै अर्न मुन लाओ मलाई नि- २ बर्ख अघिको चौतारिबाट! त्यतिबेला चौतारीमा भलै अहिले जति गाम्ले थिएनन् तर रमाइलो चाहिँ हुन्थ्यो नै बेला बेलामा! ठिटाहरु अलि बढि मात्तिएका, पात्तिएका र छिल्लिएका थिए! प्रस्तुत छ त्यतिबेलाको एउटा वार्ता!- भउते- अब ति बिर्खे बाजे नि अचम्मका मुन्छे के। यति बुढो हुँदा नि के हो के हो बानी पनि। माछा धेरै नमरेनि अलि अलि त मर्याथ्यो, एक दुइ छाक हुने गरि। बाडि चुँडि अर्दा अलेलि तिनको भागमा नि परिहाल्थ्यो नि बुढाले त खुसुक्क सुर्वालको ईँजारो खोलेर भित्र हालेछन् माछा। अब तो खिर्रोको चोपले रनाहा मात्र भाको माछा, मरिसकेको छ भन्ने ठानेछन्। माछा त भित्र गएर फत्रया फत्र्या अर्न थालेछ के रे। वरि परि सप्पै गाम्का तरुनि के रे, दुकुर्दै थे, ढुङ्गाको काप तिर माछा समाउँदै। :-) गोताएँ- ठूलो ढुंगाको कापमा पुगेर बूढाले ईजार खोल्न आँटेका थे, त्यसकै आडमा बसेर दुइटी केटी लुगा धुँदैरचन्। अरु बेला भए बूढा केटीसंग छिल्लिन जान्थे,अहिले भने बूढा छटपटिएर अलि परसम्म पुगे अर्को छेलिने ठाऊँ खोज्दै, तर त्यतिखेरसम्म माछो मरिसकेको थियो। भुङ्रोमा प-या माछो न परो! तैपनि बूढा सू गर्न बसे जसरी बसेका त थे सुरुवाल तल सारेर। अब माछाचैँ के गरे कुन्नि! नमे- खिर्रोको बिषले माछो एक छिन मरे झै गरि नि एक छिन पछि तेसलाइ बिषले छोडे छ केरे काका बुढाको सुरबाल भित्र माछो उफ्रिन थाल्यो । बुढाले माछो समेल्नि मेसो नै पाएनन् । अब चोसो पानिमा खेल्ने माछो बुढाको तातो जिउमा परे पछि के को शान्त सं बस्नु नि, जे पाउच तै संग सओरि खेल्न थाल्यो । खोइ के टोकेच कुन्नि , बुढा त अइया भन्दै सुर्वालै फालि दिए । त्यो देखेर कपडा धुने तरुनिहरु मुसु मुसु हास्दै थिए , बुढा भने माछोले टोकेको ठाउमा माटो दल्दै थिए । सिरे- अब चईनी माछालाई खिर्रो हैन, हाम्रा गाम्लेहुरलाई मैले खुवाएको कुरो लागे जस्तो छ । मैले चईनी देउराली सिखरेटाँ अपुर थोक पनि मिसाको थिएँ, केटाहुरले चईनी जमिनमा पुनि बाँच्नी माछा देख्न थालेछन्। हुँदा हुँदा येसो उठेको चईनी जुरो परेको ठाम त देख्नै नहुनी, कतले माछो भनि हाल्चन केटा हुरले । एकै छिनाँ छोड्ला नि । बरु लालेले भलायोको बोक्रा पुनि मिसाको रैच माछाको बिषमा, जम्मैका ज्यान चिलाएर हैरान्। जिम्माल पुरै डुबी डुबी माछा छोप्नी भाका थिए, अहिले कन्याम्दै बस्याछन् घाँटीबाट मुन्तिर जताततै जो । धन्न चईनी मेरो दवाई नभाको भए आज ठूलो आपत पर्नी । काकाले फेरि अरु कथा पुनि सुनाम्ला भन्थे, कता मोरेचन् कुन्नि । बिर्खै- लु सप्पैले देखेका रेचन केरे अब मुइले के भन्नु। हुनु हुनामी भो नी आज त! यि ठिटाअरु कुरो अर्चन नि जे पायो त्यइ। खास कुरो के भने एउटा माछो चाइन्जो हातले समातौँ समातौँ लाएर समातेको के थ्ये, माछो त जिम्दो पो रेच गाँठे चिप्लेर खस्न लागो। त्याँसी त्यसलाइ जोगाउन दौराको फेरले समात्न खोज्या त बल गर्दा गर्दै माछो त चाइन्जो सुरुवाल भित्र। अब गाम भरिका तरुनि भेला भा ठाममा चाइन्जो जाँ पायो त्यइ छाम छाम छुम छुम पार्न मिलेन के रे त्यसैले ढुङ्गाले छेकिएर बस्या भोटी माछाले क्यार्यो क्यार्यो काछ लाग्या जस्तो पो हुनथालो मुलाइ त। त्याँसी रिस उठेर यसो सुरुवाल सारेको मात्तै हो है गाम्ले हरु, अरु केइ अर्या छैन।
Read Full Discussion Thread for this article