Posted by: gwanche August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
यो चाइ त्यतिबेला पुन्टे दाईको रियाक्सन! हिजो बल्ल हो अलिकति फुर्सद पा'को। साली घउते काजीको जिम्म लाएसि अब यो बुढो ज्यानलाई आँखा लाउनि मेरी जेठी र धोबिनी बाहेक कोई रहेनन्। हिजो चईनि जेठी उनकी दिदी सुतकेरी सम्हाल्न भनि एक साता जतिलाई गई के रे। म चाईं आफूले न स्यार्ने, न सुसार्ने, बरु तिम्लाई लिन आम्नि बेलाँ भेट घाट अरम्ला के रे भुनेर घरै बसें। साँझ पख साली को झल्झली याद आयो। ए भेना! भन्दे खितिति हाँसेको जस्तो लाउनि तै ढोका बाहिर। भउतेको ग्वाङ्ग्रे आवाजले फेरि झस्काईदिनि। जेठीले कठै पोईलाई भुनेर गाबाको तिऊन र ढेंडो एक सातालाई पुग्ने अरि बना'र हा'की थि के रे। तेई बेलाँ धोबिनीले डाके डाके जस्तो लाओ। अन्खेर लु त नि भुनेर हुत्तिएँ म नि उतै तिर। धेरै दिन पछि ग'को के रे। धोबिनी त रमाई। उही पुरानो च्यात्त्या पेटिकोट चुलो पास्तिर झुन्डाई रा' रईछे। बरकको दुई पटक धुन्छे के रे। यई बेलाँ परेछ। मोरीले तुरुन्तै फेरि एउटा हाँसको गर्धन बट्टारेर कर्‌याक्कै पाति हाली। समात्न न एकेछिन गारो भ'थ्यो के रे धोबिनीलाई। "आ! आ! आ! मेरी हाँस आ! बाबु राजाको आहार बन्न आ!" अर्दै थि, कुन बेलाँ च्याप्प पारेर झ-याप झुरुप नि पारि सकिछे। कोदाऽ रउसी फेरि मेरी धोबिनीकाँ हाँडी मै चुर्लुम्म डुबौं डुबौं अरि बान'र राख्छे, हर हरि बास्ना आम्नि। अन्खेर तो हाँसलाई पोलुन्जेन त रमईलो कुराकानी भइ र'त्यो के रे। गाम पुरै चार्दै हिँड्नि मेरी धोबिनी, सबको कुरा सुनाम्छे। "के भने थेउ र ए पात्त्या बुढो? मास्टर्नि नानी त खुब रिसा'छ रे तिमी संग!" रे! "सारै लठेप्रो छौ के तिमी नि बुढो! हाम्संग पो तेस्तरी कुरा अर्नि! पढेलेखेका, अरुलाई पढाम्निहुरले काँ बुझ्छन् त नि हामी जस्ताका काम, कुरो, मर्म?" भन्दा पो सारै घत् परो, गाँठे! बेलाँ नपठेर अल्लारिएसि मर्ने बेलाँ पनि हेप्छन् के रे जान्नि ले, जस्तो लाओ। क्या्नु? अब बेलाँ पढिएन के रे, अनि जिम्मालको जस्तो पुरोढ सिछ्छे जान नि जाँगर छैन। तो हाँसको सिकार त खुब पछ्नि हो फेरि कोदा रउसीसंग। सिंगै हाँस एक्लैले घिचेम् के रे। तेस्को आन्द्रा, भुँडी, एउटा सानो टुक्रो हड्डी, केई बाँकी राखेनम् के रे। धन्न ति धोबिनीले पोल्न अधि भुत्लाइ सकेर मात्र हो तो हाँसलाई, नत्र भुत्ला सुत्ला सबे चपाईदिन्थें के रे। हाँडिआँ कनिका हुन्जेल राँ**लाई के निन्द्रा लाग्थ्यो फेरि? पुरे रित्ताएँ के रे। धोबिनी नि के के भुनेर बर्बराई रा'थि। बुझे त मरिजाम्। बरु, तेस्को अनुहार हेर्दा चईं ४-५ वटा हिन्दि फिलम को होरोन ऐस्वर्जेको मुहार आम्नि। एउटालाई समात्न खोज्यो, मिलिक्क बिलाम्नि, अनि अर्को खित्त हाँस्नि। तेल्लाई समात्न खोज्यो, फेरि तो बिलाम्नि, अनि अर्को खित्किनि। अर्दा अर्दै कुन बेलाँ भुक्लुक्कै ढलेछु, पत्तै भएन। बिहान पखपो फेरि धोबिनी ले घच्घचाउन आई। "ए, पात्त्या बुढो! जाग है, जाग! सँधै तिम्लाई ले'र सहर जानी जिम्माले त आज देखुन तिम्लाई माया मारेच। तो ग्वाँचेलाई ले'र गयो रे!" भुनेर कानै सेकाई। हुन नि, उठाम्न आ' भे त नउठ्नि काँ हो र हाम्पुनि? बसाँ फेरि सुत्दै जानी त हो नि! एउटा बहाना चाईएको तो जिम्मालेलाई! एउटा छातेर झन्डै खुस्केछ के रे, अर्कोऽ गोडाँ भेंडा हो कि बाख्रोले मुत्देछ। (दुइटै टुक्रा सभार: चौतारी गाइजात्रा बिशेष २००६)
Read Full Discussion Thread for this article