Posted by: PallaGhareAntare August 29, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बिहान बिहानै आँखै रसायो सुन्तले दाई। पाख्रिबासको कुरो गर्नु भा र'च। तेता तिरका बाल्यकालका मीठा स्म्रितिहरु मसंग नि थुप्रै छन्। सम्झाईदिनु भो धनकुटाको सेरोफेरो। चित्रे घोडा चढेर पुग्थे, आफु डोका चढेर पुगियो अनेकौँ पल्ट। त्यो सल्लाघारी र सरस्वती पुजा, त्यो निशानदेवी र बाउन्नढोका, त्यो पात्ले पाख्रिबास, त्यो कचिंडे, त्यो बिहिबारे हाट, त्यो डाँडा गाऊँ, त्यो बेलडाँडा, त्यो हाईफिल र बालमन्दिर, त्यो टुँडिखेल र गोकुन्डेश्वर्। सप्पै सम्झना उस्तै छ आँखामा।
Read Full Discussion Thread for this article