Posted by: Rahuldai August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
न्युयोर्कमा बाढी पीडितलाई राहत संकलन शान्ति गुरुङ न्युयोर्क, अगस्ट २७ नेपालका बाढी पीडितहरुको सहयोगार्थ न्यूयोर्कका स्टेट सिनेटर जोन डि. साबिनीको कार्यालयको अग्रसरतामा अगस्त २६, आईतबार स्थानीय शनीसाईडस्थीत ट्यान्ग्रा मसला रेष्टुरेन्ट्मा राहत रकम संकलन कार्यक्रम सम्पन भयो। स्थानीय नेपाली संघ संस्थाहरुको सहयोगमा एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्सद्वारा आयोजित सो कार्यक्रमबाट उठेको रकम रेड्क्रस मार्फत बाढी पीडितहरुका लागि नेपाल पठाईंदैछ। आईतबारको सो कार्यक्रमबाट उठेको अमेरिकि डलर ३,६८४ (तीनहजार् ६ सय चौरासी) विश्व रेडक्रस संस्थामार्फत नेपाल् पुग्ने गरी पठाउन लागेको जानकारी सिनेटर जोन डि साबिनीको कार्यालयका साम्स तारेकले दिनुभयो । सो अवसरमा संस्थागत रूपमा चेक हस्तान्तरण गर्नेहरुमा अमेरिका-नेपाल मैत्री समाजका डा. तारा निरौला, तमु सोसाईटीका अर्जुन गुरुङ र किरांत याक्थुङ चुम्लुङ, यू.एस. ए. का बिक्रम् नेम्बङ लिम्बू हुनुहुन्थ्यो। यसैगरी नेपाली संघ संस्था तथा सम्पूर्ण सहयोगी महानुभावहरूले प्रदान गर्नु भएको रकम एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्स संस्थाका महासचिव नगेन्द्र ईङनामले अमेरिकन रेड्क्रस ईन ग्रेटर न्यूयोर्कका चिफ एक्सटर्नल एफयर्स अफिसर क्रिष्टोफी पी. लोब्रे -बोलांगरलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा एलायन्सका अध्य़क्ष अनिल शाही र उपाध्यक्ष बिन्दू चौधरीले राहत संकलन बारे जानकारी गराउदै सहयोग गर्नेहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो भने रेड्क्रस प्रतिनिधि ट्राभिस भेल, क्रिष्टोफी लोब्रे र जोन फोलेले रेड्क्रसको आपतकालीन राहत गतिबिधीमाथी प्रकास पार्नु भएको थियो । यसैगरी, संयुक्तराष्ट्र संघका लागि नेपालका उप आबासीय प्रतिनिधि मधुबन पौडेलले आपत बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने काम सरहानीय भएको बताउनुभयो
Read Full Discussion Thread for this article