Posted by: CaMoFLaGeD August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
. जिम्माल बा: हैन हेरि यो भान्जोलाई के भओ यस्तो? ए भान्जो! क्यार्न लाएउ यो एक हाताँ कोदालो अन्खेरुन अर्को हाताँ जनै बोकेर? हरितालिके: ए मामा पो नमस्ते! के गर्ने मामा यो साहुले काम लगाएर हैरान गरिसके। यस्तो हाम्रो चाडवाडमा नि बिदा दिन्नन्। आज जनै पुर्ने रहेछ। त्यो नि अघि भर्खर थाहा पाइयो। एकैछिन् बाहिर निस्किन्छु है भनेर हिडेको। जिम्माल: हन कस्तो कुरा अर्चौ भान्जो? अन्खेरुन, हेरि तो कोदालो र जनै किन लिएर हिड्नु परो? हरितालिके: लौ मामाले नि बिर्सेछन् जस्तो छ। आज जनै पुर्ने होइन त? त्यहि जनै पुर्न जान लागेको। अब कोदालोले नखनी कसरी पुर्ने? जिम्माल बा: हँ!?!
Read Full Discussion Thread for this article