Posted by: Rahuldai August 28, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
ठुली, साइत न जुरे पछि, जति फाइट गरे नि हुंदैन भन्थे हाम्रा हजुरबा। त्यस्तै भयो, अस्ति तिम्रि गाउंमा आउदा ठुलीको टेउसास तिर बास। अस्ति बुइनी हाम्रि गाम् हुंदै हुइंकिंदा म मिचिगन तिर् आँखा मिच्दै। झुम्का सहि सलामत छ, असली चांदीमा रत्न जडेको। धेरै हल्ला नगर, अरुले नि माग्यो भने फसाद। फेरि १ गोटा ठुलीलाई अर्को चाहि अर्कैलाई दिनु पर्ने हुन्छ। होइन, आज, जनै पूर्णिमा हो कि गाइजात्रा? जनै पूर्णे हो भने जनै फेरेको खबर सुनिएन, मन्त्र गुन्जिएन। तागाधारी जम्मैले आज को दिन कम से कम जनैलाई सम्मान गरम्। सबैलाई रक्षा गरुन्, । आफ्नो संस्क्रिति र संस्कारलाई जीवन्त राखुम्। ठुल्दाई को आग्रह भन्नुस् या पूर्बाग्रह्, जे भने नि तारेमाम्- भन्न छोड्दिन क्या रे। तारेमाम्।
Read Full Discussion Thread for this article