Posted by: shirish August 28, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
नेपाली कांग्रेसका नेताले जनसर्म्पर्कको सम्मेलनमा भाग लिने नेपालीपोष्ट प्रतिनिधि बोष्टन, अगस्ट २६ नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको पहिलो अधिवेशनको सम्पूण्ा तयारी पूरा भएको अधिवेशन आयोजक समितिका संयोजक पेमङमि शेपाले नेपालीपोष्टलाई बताउनु भएको छ । आगामी सेप्टेम्वर २ आइतबारका दिन हुने उक्त अधिवेशनलाई सम्वोधन गर्न नेपालबाट नेपाली काँग्रेसका उपाध्यक्ष शुशिल कोइराला, महामन्त्री रामचन्द्र पौडेल, नेता अर्जून नरसिं केसी लगायतका वरिष्ठ नेताहरु आउने प्रायः निश्चित पनि भएको छ । तयारी समितिका संयोजक खगेन्द्र जीसीका अनुसार अधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरि करीव चार सय भन्दा बढीको सहभागिता रहने छ । पहिलो पटक हुन लागेको र सबैको चासोको विषय बनेको अधिवेशनमा अमेरिकास्थित नेपाली संचार माध्यमहरु इन्टरनेट पत्रिका, टेलिभिजन, रेडियो तथा छापा र नेपालस्थित विभिन्न राष्ट्रिया दैनिकका गरि करीव पन्ध्र संचारकर्मीहरुको पनि सहभागिता रहने भएको छ । यसै गरि अधिवेशनमा यस क्षेत्रका विभिन्न नेपाली सामाजिक संघसस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहने छ । कनेटिकटको हार्टफोर्डमा आयोजना हुने उक्त अधिवेशनको कार्यक्रम तय गरिए अनुरुप बिहान दश बजे उद्धाटन समारोह सुरु हुने छ । अधिवेशनलाई ब्यवस्थित रुपले सम्पन्न गर्नका लागि उद्घाटन समारोह भन्दा अगावै आ-आफ्नो नाम दर्ता गराइ सहयोग र सकेसम्म सेप्टेम्बर १ शनिबार साँझसम्म सम्पूण्ा प्रतिनिधि अधिवेशन आयोजनास्थलमा आइपुग्न पनि आयोजक समितिले अनुरोध गर्दै विज्ञप्ति प्रकाशित गरेको छ । आउँदो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संसोधन तथा विभिन्न नीति एवं घोषणपत्र पनि पारित गर्ने छ । दुइ चरणमा संचालन हुने उक्त अधिवेशनमा पहिलो सत्रमा उद्घाटन समारोह तथा दोस्रोमा बन्दसत्र तथा निर्वाचन कार्यक्रम रहेको छ । अधिवेशन सम्वन्धि विस्तृत जानकारी समितिको वेभसाइट http://www.janasamparka.com/ बाट प्राप्त गर्न सकिने जानकारी पनि अधिवेशन मिडिया कोअर्डिनेटर शिवप्रकाशद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Read Full Discussion Thread for this article