Posted by: BKMailo August 28, 2007
STRANGE WORLD !!!
Login in to Rate this Post:     0       ?        
पीपलको पातमा मोबाइल चार्ज पीपलको पातबाट मोबाइलको ब्याट्री चार्ज गर्नु विज्ञानलाई चुनौती होइन त ? हो, सदरमुकाम विदुरबाट १७ किलोमिटर टाढाको बेल्कोट गाविसका १, २ र ३ नं वडाका झन्डै ५० वटा मोबाइलधारीहरू पीपलको पातबाटै आफ्नो मोबाइल चार्ज गर्छन् । "दस दिन भयो बिजुलीबाट मोबाइल चार्ज नगरेको, पीपलको पातबाटै चार्ज भइरहेछ," स्थानीय हरशिरण कँडेल भन्छन् । तर, पीपलको पातबाट मोबाइल चार्ज हुनुको ठोस कारण भने उनीहरूलाई नै थाहा छैन । स्थानीय माधवप्रसाद पौडेल भन्छन्, "खै कसरी पुष्टि गर्ने ? बोटबिरुवा सजीव वस्तु भएकाले विद्युत् प्रवाह भएको हुनसक्छ ।" मोबाइल चार्जको तरकिा पनि अनौठो छ । प्रयोगकर्ताहरूको भनाइ अनुसार, पीपलको पातको टुप्पोलाई 'अफ' गरएिको मोबाइलको ब्याट्रीले थिचेपछि पात झुन्डिएको अवस्थामै मोबाइल 'अन' गरन्िछ, त्यसपछि फेर ि'अफ' गरेर पातलाई निकालिन्छ । 'अन' गर्दा चार्ज भइरहेको देखिन्छ । सवारी चालक जगन्नाथ त्रिपाठीले यस्तो घरेलु उपाय गाउँमा भित्र्याएका रहेछन् । पीपलको पातबाट नोकिया, जेडटीई कम्पनीका सेटहरू १० सेकेन्डमा नै सजिलै चार्ज भइसक्ने दाबी उनको छ । यस्तो खबर पाएपछि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -रोनास्ट) ले बेल्कोटमा पुगेर अनुसन्धान गरनिे जनाएको छ । भोलाराज पौडेल/नुवाकोट http://kantipuronline.com/Nepal/ankhijhal.php
Read Full Discussion Thread for this article