Posted by: MR_TRUTH August 26, 2007
BREAKING NEWS IN NEPAL!!!
Login in to Rate this Post:     0       ?        
नगरपालिकामा हग्नेहरुको बिगबिगि -कान्तिपुर् अनियन् सम्बादाताबाट साझा नगरपालिकाको मुख्य अत्याधिक आवत जावत हुने कुराकानि पथमा हग्दै जाने प्रब्रित्ति बढेको छ । स्थानिय बासिन्दाहरुको अनुसार बाटोमा फोहोर गर्दै हिडने केवल दुइचार ब्यक्तिको मात्र सङ्गलकता छ तर तिनिहरु ह्ववात्त आ उछन् फोहोर गर्छन र बेपत्ता हुन्छन , धेरैलाइ पत्तो नै हुदैन । तर बाताबरण ज्यादै दुर्गङित् हुदै खपि नसक्नु भयेपछि बासिन्दाहरु आवाज बुलन्द गर्न थालेका छन् । स्थानिय एक बासिन्दा भन्छन - " नेपालि उखानमा हग्नेलाइ भन्दा देख्नेलाइ लाज प्रचलित भयेको हुदा सबै नाक आखा छोप्दै हिडछन , चुइक्क सम्म बोल्दैनन्। नगरपालिकाका अध्यक्ष को सामु दोशिहरुलाइ कारवाहिको माग गर्दा उनि मौन भयेर बसेका छन , यस्तै प्रब्रित्तिलाइ बढवा दिने हो भने यो सुन्दर ठाउ नरकमा पल्टिन बेर छैन " । तर नगरपालिकाका अध्यक्षले यस सम्वाददातालाइ बताए - "प्रशाशनिक कार्बाहि हुदैछ तर बिगतमा केहिलाइ कारवहि गर्दा आफिसमा आयेर उल्टो गुन्डागर्दि गरे । उनिहरुले पार्टिका नेतासम्म पहुच भएको र आफ्नो किर्याकलाप सडकको छेउमा रोपियेको बोटहरुको मलजल गर्ने सङ्ग सम्बन्धित भयेको तर मुख्यत आफुहरुको प्राक्रितिक अधिकार् हनन् हुने दाबि गर्दै सिङ्ह दरबारमा धर्ना दीइ चक्काजाम गर्ने धम्कि दिये । नगरपालिकामा बजेटको, कर्मचारिको अभाबले गर्दा पनि केहि ढिलासुस्ति भैरहेको छ " । उहाका अनुसार बरु जनताहरु कै अग्रसरतामा यो समस्या समाधान हुन सक्ने छ । ताजा समाचार प्राप्त भये अनुसार त्याहाका बासिन्दाहरुले चन्दा उठाइ सडकमा क्यामरा लगाएका छन् र अब ठाडै देख्नु नपर्ने हुदा क्यामेराले खिचेका सबै तस्बिर सार्बजनिक गरिने बताये । सडक् को बिचमा टागियेको तुलमा बाणि लेखियेको छ, " हग्नेलाइ पो लाज् हेर्नेलाइ केको लाज्"। सोहि कार्यक्रमका अनुसार् यस सम्बादातालाइ प्राप्त भयेको पहिलो तस्बिर तल हेर्न सक्नुहुने छ ।
Read Full Discussion Thread for this article