Posted by: Tris August 26, 2007
Asylum in USA
Login in to Rate this Post:     0       ?        

अमेरिका भासिएका सांसद

ग्रीनकार्डको लोभमा 'माननीयज्यू' को सम्मान गुमाएका नेत्रलाल

वासिङ्टन डीसीछेउको भर्जिनिया राज्यका ग्यास स्टेसन -पेट्रोल पम्प), बर्गर किङ्स, स्टोर, सुपरमार्केट कतै न कतै नेपाली भेटिइहाल्छन् । त्यसमा पनि अधिकांश डीभी पाउने नेपाली । डीभी विजेताको गन्तव्य बन्न पुगेको यो स्वप्न नगरीमा एक नेपालीचाहिँ असली परचिय लुकाउनै जाती मान्छन् ।

प्रसङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा) का सांसद नेत्रलाल श्रेष्ठको हो, जसको पदमुक्तिका निम्ति उनकै पार्टीले प्रक्रिया अगाडि बढाएको छ । तर, उनलाई यसको सरोकार छैन । एकाबिहानै उठेर साहूको पसल खोल्नु, पसल सफासुग्घर गर्नु अनि दिनभर ग्राहकहरूसँगै समय बिताउनु उनको अमेरकिी-दैनिकी हो । गाडीमा तेल भर्न आउने चालक हुन् वा मदिरा किन्न आउने तन्नेरी, सबैलाई भनिहाल्छन्, "ह्याभ अ गुड डे !" यसरी हरेक दिन १० घन्टा बिताउने उनलाई फाट्टफुट्ट नेपाली 'माननीयज्यू' भनेर सम्मान गरििदन्छन् । अपरििचत नेपालीचाहिँ सोह्रैआना डीभी विजेता ठान्छन् ।

हत्तपत्त आफ्नो परचिय खोल्दैनन् नेत्रलाल । नेपालमा सानोतिनो व्यापारमा लागेको भनेर टारििदन्छन् । "परचिय खुलाएर के गर्नु, बेकार टेन्सन, हुनु बेइज्जत भइसक्यो," श्रेष्ठ भन्छन् । पछिल्लो चार महिनामा दुइटा मोबाइल फेरसिके उनले । अपरििचत नम्बरको फोन प्रायः रििसभ गर्दैनन् । उठाइहाले पनि आफैँ भनिदिन्छन्, "माननीयज्यू अहिले हुनुहुन्न ।"

मुलुकको शक्तिशाली प्रतिनिधिसभा सदस्यको माया चटक्कै मारेर भर्जिनियाको आर्लिङ्टनको एक ग्यास स्टेसनमै पसिना बगाइरहेका नेत्रलाल पद गुम्ने कुराबाट खासै चिन्तित छैनन् । भन्छन्, "राजनीतिलाई नै माया मारेपछि पद रहनु र नरहनुको कुनै अर्थ छैन ।" जनताले विधायक चुनिसकेका व्यक्तिको अमेरकिा पलायन त ठीक नजँच्ने नै भयो । साथै, उनको अमेरकिी बसाइ पनि त्यति आनन्ददायी छैन । "सांसदभन्दा पहिले म आमनेपाली हुँ । आमनेपालीको स्िथतिबारे सबैलाई थाहै छ," उनी भन्छन् ।

नेत्रलाल २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाका तर्फबाट सल्यान क्षेत्र नं २ बाट सांसद चुनिएका हुन् । तर, चुनाव लड्दा दाजुभाइसँग लिएको करबि १५ लाख रुपियाँ ऋण तिर्न संसद्को आयले मात्र पुगेन उनलाई । पछि त्यही संसद् नै पनि भङ्ग भयो । ०६१ जेठमा राप्रपाका सूर्यबहादुर थापाको सरकार विघटन भएपछि उनले अमेरकिा पलायन हुने निर्णय गरे । त्यसका लागि उनलाई निर्माण व्यवस्ाायमा संलग्न उनका दाइले सहयोग गरेका थिए । "आर्थिक समस्याले गाँज्दै गयो । राप्रपा पनि उँभो लाग्ने छाँट देखिनँ । भविष्य अन्धकार लागेर अमेरकिा आएँ," उनले नेपाल सँग भने । अमेरकिा भासिएपछि उनले दाजुभाइको ऋण मात्र चुक्ता गरेनन्, काठमाडाँैको बुद्धनगरमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् । सामाजिक जीवन छाडेर व्यक्तिगत जीवन रोजेको उनको भनाइ छ । पहिलो एक वर्ष न्युयोर्क बसेपछि उनी भर्जिनिया सरे । उनले राजा ज्ञानेन्द्रको 'माघ १९' को शाही घोषणाको समर्थनमा अमेरकिामा र्‍याली निकाल्न अगुवाइसमेत गरेका थिए ।

तत्कालीन सल्यान जिल्ला पञ्चायत उपसभापतिसमेत रहिसकेका नेत्रलाल देशमा अराजकता बढेका कारण शुभचिन्तकले नै नर्फकन सुझाव दिएको बताउँछन् । हालै कारबाहीमा पर्नुअघि पार्टीले उनलाई बोलाएको थियो । तर, व्यक्तिगत कारणले फर्किन नसक्ने जवाफ पठाए उनले ।

नेपालमा विद्रोही पक्षबाट पीडित भएको प्रमाणसहित राजनीतिक संरक्षणका लागि आवेदन दिएका नेत्रलालले यसै वर्ष ग्रीनकार्ड पाइसकेका छन् । उनकी पत्नी र दुई छोरा पनि अमेरकिामै छन् । अमेरकिी कानुन अनुसार १८ वर्षमाथिका सन्तानप्रति बाबुआमा उत्तरदायी नहुने भएकाले उनका जेठा छोरा भने अमेरकिा आउन पाएनन् । अहिले परविारसहित अमेरकिा बसे पनि राजाको सक्रिय शासनताका नेपाल र्फकने सोच नबनाएका होइनन् उनले । तर, स्थायी बसोवासको अनुमति -ग्रीनकार्ड) को लोभले हच्किए । जनआन्दोलनका बलमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि फेर िसांसद बन्न पाउँदा पनि उनी स्वदेश फर्किएनन् । "नेपालमा राजालाई नै लखेट्ने अभियान सुरु भएपछि त कसरी र्फकनु ?" उनी भन्छन् ।

दिनेशजङ्ग शाह/भर्जिनिया -अमेरकिा)

source :http://kantipuronline.com/Nepal/rajniti.php

Last edited: 26-Aug-07 06:02 PM
Read Full Discussion Thread for this article