Posted by: Amazing August 26, 2007
Indian Idol and Nepalese Irony
Login in to Rate this Post:     0       ?        
Just saw this comment on http://www.mysansar.com/?p=1840 यो के भइराखेको छ नेपालमा ? देश कुनै जात जातिको, भाषा भाषीको, कुनै धर्म मान्नेको हैन, यो त सबैको हो । देश सबैको हृदयमा हुन्छ, हुनुपर्छ । नेपालीमूलको त्यो जहाँ सुकै वसोवास गरोस् उसको हृदयमा नेपाल हुन्छ चाहे उ अन्यदेशको नागरिक नै किन नहोस् । उसको रगतमा नेपाली संकृतिको एक अंश द‍ौड्डासम्म उ नेपाली हो । नत्र बृटिस र अमेरिकी नागरिकता बोकेर‍ एउटा नेपालीले किन नेपाली भाषा र संकृतिको कक्षा यो गोरेको देशमा चलाउँछ । किन उ पैसा कमाउन छोडेर पेट्रोल खर्च गरेर नेपाली पढन र पढाउन जान्छ । जबकी उसलाई थाहा छ नेपाली भन्दा अंग्रेजी पढनमा नै उसलाई फाईदा छ । किनकी उसको मन नेपाल र नेपालीपनमा रमाउँछ । त्यसैले प्रशान्त तामांङ भारतिय नागरिक भएपनि नेपाली हो उसको जितमा हाम्रो मन रमाउँछ । के तपाईँहरुले बिर्सनु भयो उदितनारायणले उसलाई स्टेजमा नै नेपालीमा शुभकामना दिएको ? किन उदितनारायणले उसलाई नेपालीमा शुभकामना दिए त ? साथी हो प्रशान्तलाई शुभकामना दिनमा किन कंचुस्याईँ ? के हामी धनले मात्र हैन मनले पनि गरीब छौ त ? बुद्बीले पनि गरिब छौ त ? पक्कै छैनौ । bY BYAAS, america
Read Full Discussion Thread for this article