Posted by: harigautam1 August 25, 2007
आजको कार्यक्रममा च्याङ आउट हुने
Login in to Rate this Post:     0       ?        
look at this news which shows that for more look at this news haha.] इन्डियन आइडलका नेपाली फ्यानहरुलाई खुसीको खबर छ। दार्जीलिङका प्रशान्त तामाङ टप फोरमा प्रवेश गर्न सफल भएका छन्। कार्यक्रमको आज बिहान भएको शुटिङमा म पनि पुगेको थिएँ। त्यसैले केही लेख्दैछु। आज राति प्रसारण हुने कार्यक्रम निकै इमोसनल हुनेछ। भारतीय सिरियलहरुमा जस्तो इन्डियन आइडलमा पनि आज आँसुको बाढी बग्नेछ। आजको कार्यक्रममा बटम थ्रीमा अमित, इमोन र च्याङ हुनेछन्। यसअघि कार्यक्रम सुरु हुने बित्तिकै प्रतिस्पर्धी पाँचै जनालाई होस्ट हुसेन र मिनीले को आउट होला भनेर सोध्दा सबै केटाले अंकिताको नाम लिन्छन् भने अंकिताले चाहिँ इमोनको नाम लिन्छिन्। तर जब नाटकीय परिणामको क्रम सुरु हुन्छ, तब बटम थ्रीमा हुन्छन्- अमित, इमोन र च्याङ। र, त्यसमा पनि सबैभन्दा कम भोट ल्याउने च्याङ आउट हुन्छन्। परिणाम सुनाइएपछि होस्ट मिनी र हुसेन पनि रुन्छन्। अलिसा त रुने नै भइन्। अलिसा त यति अपसेट हुन्छिन् कि कार्यक्रमै छाडेर हिँडछिन्। -rijen.ndh@gmail.com
Read Full Discussion Thread for this article