Posted by: भउते August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
अन्तरे-जी, तपाईँको सृजनाहरु मैले चुपचाप पढीराखेको छु। राम्रो लाग्छ। यहाँ तपाईले लेख्नु भएको गजललाई प्राविधिक रुममा परिमार्जन गर्दै र एउटा मतला (सुरुको २ लाइन) सहित अनि गजलका अङ्गहरु (बेहर, काफिया, तखल्लुस, मक्ता, आदी) स्पष्ट देखाउदै राखिदिएको छु। थोर बहुत भावमा समेत परिवर्तन गरिदिएकोमा पहिले नै क्षमाप्रार्थी छु है। । अन्यथा नलिनुहोला ल। आशा छ, गोताएँ सँग जस्तो रिसाउनु हुने छैन। अन्तरेको गजल बेसी झरेँ सम्झी तिमी आयौ ल पक्कै सालको पात बज्यो बोलायौ ल पक्कै बिझाउने बोलि 'नि आहा कत्ति मीठो ख्यालैमा हो कि, अहो रिसायौ ल पक्कै आँखा तर्‍यौ मलाई देखेर आज किन तर लुकी सुटुक्क चिहायौ ल पक्कै मुहार भरि कोरिए रिसका रेखा मन्मनै भने तिमी लजायौ ल पक्कै नगर प्रयाश ब्यर्थै भन्यौ मलाई समर्पित सपना सजायौ ल पक्कै "अन्तर"मा देखियो किरण प्रेमको ह्रृदयमा काउकुती छिपायौ ल पक्कै बडो जान्ने भै टोपलेको भउते डाँका।
Read Full Discussion Thread for this article